जुम्लाको त्रीवेणी–टोप्ला खण्डमा ट्रयाक खुलेको एक दशक पछि स्तरउन्नती गर्न सुरु गरिएको छ । कर्णालीका चार जिल्ला छुने चौरजहारी–रारा राजमार्गको त्रीवेणी टोप्ला खण्ड ग्रावेल गर्न सुरु गरिएको हो ।
त्रीवेणी–टोप्ला खण्डमा नालि सहित १० मिटर चौडा सडक विस्तारको काम सुरु भएको छ । जुम्लाको तिला ४ त्रीवेणीबाट तातोपानी ७ सर्मी सम्मको सडक विस्तार गर्ने गरि काम सुरु गरिएको सडक डिभिजन जुम्लाका इन्जिनियर विरेन्द्र रावलले बताए । ३ करोड ६८ लाख ३२ हजार ७ सय ८३ रुपैंया ५० पैंसा लागतमा १० मिटर सडक चौडा, नालि तथा ग्रावेलको काम धमाधम भइरहेको इन्जिनियर रावलले जानकारी दिए ।