खोज्नुहोस

Advertisement

सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन ,

बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा
पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ।

गए राति  बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००११२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत  उहाँ पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उहाँ करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!