खोज्नुहोस

Advertisement

गाउँपालिका द्वारा गाउँ सभा अघि पत्रकारसँग सुझाव संकलन

जुम्लाको तिला गाउँपालिकाले हिउँदे गाउँ सभा अघि पत्रकारहरु सँग सुझाव संकलन गरेको छ ।

पालिकामा नयाँ जनप्रतिनिधि आएदेखी पत्रकारहरू सँगको समकार्य नभएको भन्ने गुनासो बढेको थियो । यसरी कुनैपनी पालिकाले पहिलोपटक स्थानीय पत्रकारहरू बोलाएर गाउँ अधिवेशन अगाडि राय संकलन गरेको प्रेस सेन्टर नेपालको जिल्ला अध्यक्ष विजय रावलले बताए । उनका अनुसार यसलाई अत्यन्तै नौलो अभ्यासको रुपमा लिएको र यस प्रकारका अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पत्रकार भेटघाटमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले पालिकाले संचार क्षेत्रलाई पहिलो प्राथमिकतामै राखेको जानकारी दिइन् । यद्यपि प्राविधिक त्रुटीले सहकार्यमा ढिलाई भए पनि अब यसलाई निरन्तरता दिइने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!