कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे वर्तमान अवस्थाकाे विषयमा मन्त्री र सांसदहरुसँग अन्तर्क्रिया सम्पन्न भएकाे छ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईं, प्रतिनिधिसभा सदस्य छिरिङ लामा र कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीसँग अन्तर्क्रिया गरिएकाे हाे।
अन्तर्क्रिया कार्यक्रममा बाेल्दै सामाजिक विकास मन्त्री पछाईंले थुप्रै चुनाैतीकाे बीचबाट उठेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान समग्र कर्णालीकाे मात्रै नभएर समग्र देशकाे सान भएकाे बताए।
‘राेग, भाेग अशिक्षा, बेरोजगारी भएकाे ठाउँ भनेर चिनिने कर्णालीमा प्रतिष्ठानकाे जन्म हुनु सुखद पक्ष हाे,’ उनले भने, ‘आज यही ठाउँले स्वास्थ्यकर्मी जन्माएर पठाउँदैछ। याे हाम्राे लागि माइलस्टाेन हाे।’
उनका अनुसार कर्णालीमा विविध कारणले हिजाेदेखिका स्वास्थ्य समस्याहरु छन् र पछिल्लो समय यी झन् बढिरहेका छन्। यी सबै समस्याहरु अन्त्य गर्ने दायित्व प्रतिष्ठानकाे काँधमा रहेकाे छ।
बाेल्ने कम काम गर्ने बढी गर्नुपर्ने प्रतिनिधिसभा सांसद छिरिङ लामाले बताइन्। ‘याे ठाउँकाे विकास कसरी गर्ने? गल्ती सच्याउने जिम्मेवारी नेतृत्वमा रहेकाकाे मात्रै नभई हामी सबैकाे हाे,’ उनले भनिन्, ‘हामी जनताकाे भरियाकाे रुपमा प्रस्तुत हुन चाहन्छाैं। माननीय पहलकर्ता मात्रै हाे। माननीयले यति बजेट दिन्छु भन्न मिल्दैन। तथापि याे प्रतिष्ठानकाे विकासका लागि चाल्नुपर्ने पहलकदमीकाे लागि म सधैब अग्रपंक्तिमा रहनेछु।’
कर्णाली प्रतिष्ठान ल्याउने जिम्मेवारी पूरा गर्नुभएकाेमा नरेश भण्डारी धन्यवादकाे पात्र भएकाे कर्णाली प्रदेशसभाका सदस्य देवेन्द्र बहादुर शाहीले बताए।
‘प्रतिष्ठानकाे विषयमा आम नागरिक देशकाे बाैद्धिक वर्गदेखि नेतृत्व गर्नेसम्मले खुला दिलले छलफल गर्न जरुरी छ,’ उनले भने, ‘प्रतिष्ठान काम गर्ने थलाे हाे। राजनीति गर्ने थलाेकाे रुपमा विकास नगरिदिन हुन यहाँका पदाधिकारीलाई आग्रह गर्छु।
उनले प्रतिष्ठानकाे विकासकाे लागि, प्रतिष्ठान अगाडि बढाउन म जस्ताेसुकै कदम चाल्न आफू तयार रहेकाे बताए। उनले भने, ‘मैले आजका दिनसम्म तेराे, मेराे गरेकाे छैन। अब त जनताकाे प्रतिनिधि हुँ। सबैकाे काम गर्नु तयार छु।