जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोट गाउँका अन्दाजि ४० वर्षका कमानसिंह परियारका दुईवटा मृर्गौलाले काम गर्न छोडेका छन् । पाँच महिना अघि परिवार सहित कमाउनका लागि भारतमा जानु भएका परियारका दुवै मुर्गाैला एक्कासि भेल भएका हुन् ।
भारतमै उपचार गराउन नसकेपछि मृर्गाैला पिडित कमानसिंहको परिवार विहिबार जन्म घर आई पुगेका छन् । २ छोरी, १ छोरा र श्रीमति सहित जुम्लाको जन्म घर गज्र्याङ्गकोटमा पुगेको वडाध्यक्ष इन्द्र बुढाले बताए ।
मर्ने र बाँच्ने ठेगान नभएकाले भारतबाट कमानसिंहको परिवार जुम्ला पुगेको हो ।