खोज्नुहोस

Advertisement

जुम्लामा असिनाले स्याउको फूल नष्ट

जुम्लामा असिनाले स्याउ र ओखरको फूल नष्ट भएका छन्। एक हप्ता अगाडि परेको असिना पानीले फूलेका स्याउको फूल नष्ट गरेको स्थानीय किसानले जनाएका छन्।

सिंजा गाउँपालिकाको-२ लगायत उच्च क्षेत्रमा असिना पानी आएपछि किसान चिन्तित भएका छन्। सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थवडका अनुसार त्यस क्षेत्रमा आएको असिना पानीले ८ हजार बढि स्याउका विरुवाको फूल नष्ट गरेकाे छ। स्याउ फुल्ने समयमा असिना आएपछि ठूलो क्षेति भएको किसान पुर्णचन्द्र आचार्यले बताए।

किसानहरुका अनुसार त्यस क्षेत्रका पारीदेव, ओखलदुडिचौर, लामासिम लगायतका क्षेत्रमा करिब ८ हजार स्याउ विरुवाको असिनाले क्षति पुर्‍याएको छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले क्षतिको विवरण संकलन नगरिसकेको र विवरण वुझ्न जरुरी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!