जुम्लाको तिला गाउँपालिका वडा नंं. ६ स्थित तीन वटा गाउँलाई बालबिवाह मुक्त घोषणा गरिएको छ । तिला ६ मा पर्ने घोडेमहादेव,रिपी र सुडिगाउँलाई मंगलबार जुम्लाको दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा गरिएको हो ।
गरिबी,देखासिकी,प्रविधिको दुरुपयोगले बढ्दो बालबिवाह पछिल्लो समय सरकारी तथा गैरसरकारी निकायको साँझा अभियानले शुन्यमा पुगेपछि तिला गाउँपालिका वडा नंं ६ लाई जिल्लाकै दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा गरिएको छ ।
तिला ६ मा पर्ने घोडेमहादेव गाउँमा ६८,रिपी गाउँमा ३५ घरधुरी र सुडी गाउँमा ११० घरधुरी जम्मा २ सय १३ घरधुरीका २० वर्ष मुनिका कुनै पनि बालबिवाहले बालबिवाह नगरेको ५१ व्टा सुचक पुरा गरेपछि बालविबाह मुक्त घोषण गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए।