खोज्नुहोस

Advertisement

दुर्घटना दोहोरिरहने उर्थु ‘कोटा भीर’

जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ६ उर्थु कोटाभिरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान जुम्ला खलंगाबाट उर्थु जाँदै गरेको क १ घ १५ नम्बरको अटो कोटा भिरमा दुर्घटना हुँदा चन्दननाथ १० का अन्दाजी ४० वर्षका मेघराज न्यौपानेको मृत्यु भएको हो । घाइते न्यौपानेको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक प्रह्लाद कार्कीले जानकारी दिएका छन् । अटोमा चालक सहित ३ जना सवार रहेकोमा पातारासी ३ का ४२ वर्षका कृष्ण बहादुर बोहोरा सामान्य घाइते भएका छन् । चालक सशुकल छन् । अटोचालक चन्दननाथ ९ का गोविन्द नेपाली प्रहरी नियन्त्रणमा छन् । मृतक न्यौपाने कार्यक्रमको सिलसिलामा उर्थु तर्फ जाँदै गरेका थिए ।
जुम्ला हुदै रारा जाने उर्थु भुलभुले सडक मार्गमा पर्ने कोटाभिरमा हरेक वर्ष दुर्घटना दोहोरिरहन्छन् । अहिले सम्म तिन वटा फरक–फरक दुर्घटनामा तिन जनाले ज्यान गुमाइसकेका छन् । कोटा भिर नजकिको सडक स्तरउन्नती नभएको भन्दै स्थानीय आक्रोसित बनेका छन् । ‘यो भिरमा बारम्बार दुर्घटना भइरहेका छन्, सडक निकै साँघुरो र अप्ठेरो छ, यो भिर यात्रुको काल बनिरहेको छ ।’ पातारासी ५ लोर्पाका गणेश बहादुर बुढाले भने ।
यस अघि पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाय सहित वडाअध्यक्षहरुको टोलीले माघ पहिलो साता जुम्ला देखी पातारासी र रारा जोड्ने सड्कको स्तरबृद्धि सहित माग राख्दै जिल्ला प्रशासन कार्यालय जुम्लालाई ध्यानाकर्षण पत्र बुझाएको थियो । तर हाल सम्म स्तरउन्नती हुन नसकेको पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया रोकायाले बताइन । ‘यो सडक खण्ड पातारासी गाउँपालिकाको क्षेत्राधिकार बाहिर पर्छ, गाउँपालिकाले बजेट व्यवश्थापन गर्न मिल्दैन, स्थानीयले पालिकालाई दोष दिइरहेका छन्, सडक डिभिजनले ध्यान दिन आवश्यक छ ।’ उपाध्यक्ष रोकायाले बताइन । जुम्ला खलंगा उर्थु हुदै रारा जाने मार्ग संघ र प्रदेशले हेर्ने भएकोले छिट्टै स्तरउन्नती गर्न उपाध्यक्ष रोकायाले अनुरोध गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!