खोज्नुहोस

Advertisement

कर्णाली प्रदेशको बजेटमाथी छलफल

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी नै रहेको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौं बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखे । छलफलको सुरुमा भाग लिँदै प्रदेशसभा सदस्य रणसिंह परियारले बजेटमा दलितहरुलाई सांकेतिक ढंगले मा सम्बोधन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजेटको बुँदा नम्बर ५० मा दलित, बोटे, राउटेलगायतका जाति र वर्ग आवश्यक रकम छुट्याउने भन्ने उल्लेख गरिएको छ । त्यो प्रक्रिया नै अमूर्त छ ।” अल्पसंख्यक र सीमान्तकृत वर्गसँग दलितलाई मिसाउन नहुने भन्दै सदस्य परियारले बजेटमा स्पष्ट कुरा आउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा जीतबहादुर मल्लले बजेट गोलमालमा आएकोले त्यसलाई परिस्कृत बनाउनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्यहरु बीरबहादुर शाहीले डोल्पामा समानुपातिकरुपमा बजेट विनियोजन हुन नसकेको भन्दै आक्रोश पोख्नुभयो भने टेकराज पछाईले नीति तथा कार्यक्रम भन्दा भिन्न आएको भन्दै बजेट निर्माणमा योजनामन्त्रीलाई दबाब दिने व्यक्तिको नाम सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

छलफलमा प्रदेशसभा सदस्यहरु घनश्याम भण्डारी, कल्याणी खड्का, बिजया बुढा, दक्षिणा शाही, लक्ष्मी सुनार, बलिमाया बुढाले समृद्ध कर्णाली निर्माणमा टेवा पुर्याउने बजेट ल्याउन सुझाव दिँदै प्रदेशसभामा आफ्नो धारणा राखेका थिए । सभाको अर्को बैठक बुधबार दिउसो ३ः०० बजे बस्ने सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!