खोज्नुहोस

Advertisement

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट भएको छ । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा ३ बर्षको काम गरेर कार्यक्रमको अवधि सकिएकोे जानकारी गरिएको छ ।
जिल्ला स्तरमा सरोकारवाला निकायहरुको उपस्थितिमा भकारी परियोजनामा भएका कामबाट भएको सिकाई तथा प्रगतिको जानकारी समेत गरिएको छ ।

भकारी कार्यक्रम यूएआईडिको आर्थिक सहयोग तथा मर्सिकोरको नेतृत्व र कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रको सहजीकरणमा सन २०२० अक्टुवर देखी २०२३ सेप्टेम्बर सम्म जुम्लाको तिला र तातोपानीमा संचालन भएको थियो ।
विपत जोखिम न्यूनिकरण अधिकृत पविना खड्काका अनुसार भकारी कार्यक्रम तिला गाउँपालिकाको ५ नम्बर वडा वाहेक सवै वडा र तातोपानीको ४,७ र ८ वडामा लागु भई काम गरिएको थियो । खड्काले विपत व्यवस्थापन, कृषिक्षेत्र सहित विभिन्न बिषयमा काम भएको छ । उहाँले स्थानीय तहमा समेत ग्यालरी प्रस्तुत गरिएको जानकारी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!