कहिले यति लागुऔषधका साथ यति जना प्रकाउ परे,अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले बिभिन्न परिपेक्ष्यमा सुन्दै आएका छौं ।हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रुपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ ।
यस दिवसको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो । जुम्लामा लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु १८ वर्ष भन्दा माथी र ४० वर्ष भन्दा तलउम्मेर समुहका धेरै यूवा नै छन् । किनभने यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताउदै आएको पाइन्छ ।
अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन यूवाहरुलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ । लागुऔषधको असन्तुलीत प्रयोगले मात्र विश्वमा हरेक वर्ष कति मान्छे मर्ने गर्दछन् भने तथ्याङ्क यकिन गर्न सक्ने अवस्थामै छैनन ।पछिल्लो समयमा जुम्ला यतातायातको पहुचमा पुगे पछि लागुऔषधको अबस्था भहभह छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण यस समस्यावाट अछुतो जुम्ला छैन्, लागु औषध कारोवारले अपराध र अराजकता निम्त्याउने पक्का त छ ।