नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाको शाखा संगठनात्मक क्षमता विश्लेषण तथा आवधिक योजना निर्माण कार्यशाला जुम्लामा सुरू भएको छ । शाखाका का।वा।सभापती जगदिश चौलागाईको संयोजकत्वमा आईतवारबाट शुरु भएको हो। स्वीस रेडक्रसको आर्थिक सहयोग चन्दननाथ नगरपालिका र नेरेसो जुम्लाको साझेदारीमा संचालित सहरी पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत जुम्ला जिल्ला शाखाको सेवा प्रवाहमा दिगोपन र संस्थाको क्षमता अभिबृद्धिमा सहयोग गर्न जिल्ला शाखाका पदाधिकारीहरुका लागि ३ दिन सम्मका लागि कार्यक्रम संचालन भएको मन्त्री इन्द्र राज डाँगीले बताउनु भयो।
उक्त कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी प्रदेश कार्यालयका कार्यक्रम संयोजक रेशम खड्का र नेरेसो बाँके जिल्ला शाखाकी वरिष्ठ कार्यक्रम अधिकृत निरन्जना मल्लले कार्यक्रमको सहजिकरण गर्नु भएको छ। यस कार्यक्रमको मुख्य उदेश्य जिल्ला शाखाको संस्थागत क्षमता समिक्षा र वर्तमान अवस्थाको अध्ययन गरि शाखाको सेवा प्रवाह गर्ने क्षमता र समुदायको उत्थानशिलतालाई मजबुद र दीगो बनाउनका लागि कार्ययोजनाको समिक्षा र निर्माण गर्ने रहेको छ।
नेरेसो प्रदेश कार्यालका कार्यक्रम संयोजन रेशम खड्का अनुसार शाखा संगठनात्मक क्षमता विश्लेषण संस्थाको स्व मुल्याङ्कन गर्ने औजार हो जसको प्रयोगबाट संस्थाको हालको यथार्थ अवस्था चित्रण गर्ने सकिन्छ। यो औजारको प्रयोगले संकटासन्न समूहलाई प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुर्याउनका साथै आवश्यकताका आधारमा आवश्यक निति र योजना तर्जुमा गर्नलाई समेत सहयोग पुर्याउँदछ। नेपाल रेडक्रस सोसाइटी जुम्ला विगत देखी नै यस जिल्लामा मानवीय सहायता उपलब्ध गराउने अग्रणी संस्थाको रुपमा परिचित छ
संगठनात्मक क्षमता विश्लेषण तथा आवधिक योजना निर्माण कार्यशाला संचालन
