.युवाहरूकाे राजनितिक क्रेज बाध्यता कि रहर ।
हिरा बुढा
तपाई असल नेतृत्व भएर आउनुस म लाखौ प्रर्यटक भित्र्याउछु भन्दै ठिङरिङ्ग उभीरहेको पातारासि हिमाल र विश्वको उच्च स्थानमा धान फल्ने छुम जीउलोले साँझ बिहान हामीलाई हेरिरहेको छ। पछिल्लो समय देशमा भएका आम परिवर्तन चाहे दश वर्षे जनयुद्ध होस चाहे २०६२-०६३ को जनआन्दोलन होस चाहे संघियता यी सब पातारासी बासीको लागि कागलाई बेल पाक्यो हर्स न बिस्मत साबित भयाे ।
जतिवेला देशमा सशस्त्र जनबिद्रोहको लहर थियो उक्त समय पातारासिका हरेक ढुङ्गालाई सोध्द पनि कमरेड लाल अभिवादन भन्छन जस्ताे लाग्थ्याे ।
तत्कालीन समय जनताको घरघरमा आम परिवर्तनको यकमात्र आशाको रुपमा अहिले केही कार्यकर्ताहरूका लागि सुप्रीम कमाण्डर मानिने पुष्पकमल दाहाल (प्रचण्ड) नै हुनुहुन्थ्यो । संविधान सभाको पहिलो निर्वाचन, २०६४ को आम निर्वाचनमा जुम्ला जिल्लावाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएका जुम्लामा सुप्रीम नेता नरेश भण्डारीलाई अत्याधिक बहुमतका साथ जीताएर पठाउदा पातारासि बासीको मुहारमा खुसिको सीमा नै थिएन। बिडम्बना रोइरहेको पातारासि हिमाल र लाछु ज्यूलाको मुहारमा खुसि भने कहिलै छाएन । त्यो मात्र हैन त्यसपछि पनि पातारासिका नागरिकलाई झुट्टा आश्वासन दिएर पटक पटक नेतृत्व फेरीए तर पातारासी र पातारासि बासीकाेको मुहार भने ज्यू का त्यू छ ।
बाह्रै महिना हिँउले ढपक्क ढाँकेका पातारासिका शुन्दर हिमाल, पहाड, खोलानाला, प्लेन परेका फाँटहरु, शुन्दर हरिया हरिया जंङ्गलहरु र झरनाले दुरदर्शी युवा नेतृत्व खोजीरहेको छ ।
यसै क्रममा देश संघियतामा गए यता दुईपटक स्थानिय सरकारको नेतृत्व जनताले चुनिसकेका छन तर त्यो पनि आन्तरिक खिचातानी र लफडाका बीच सम्पन्न भएको र अहिले पनि पुरानै गतिमा चलिरहेको अवस्था छ । स्थानिय तह निर्वाचन २०७४ यताको इतिहास हेर्नेहो भने दलीय प्रर्णालीबाट आएका र बृद्ध अवस्थाका नेतृत्वबाट खासै परिवर्तन भएको छैन । युवा र स्वतन्त्र उम्मेद्वारबाट आएका कतिपय स्थानिय तहहरुमा राज्यले बर्षौ लगाएर गर्न नसकेका कामहरु भएका छन । त्यस्तै पातारासिमा पनि दुई दुई पटक दलीय प्रर्णालीबाट आएको नेतृत्वबाट खासै आम नागरिको मुहार त फेरिएको छैन। यहाको आन्तरिक प्रर्यटन प्रवर्धन आकाशको फल आँखा तरि मर भनेझै भएको छ ।
हरेक दिन बिहान पिठ्यूभरी आलु, सिमी, साग, मुला, गाँजर, काउली आदि तरकारीहरु बोकेर बजारभरी डुलाएर अन्तमा बिक्री नभएर घर फर्कदै गरेका पातारासिका महिला दिदीबहिनी, आमाहरु र पातारासी गाउँपालिमा कुनै न कुनै उद्योग धन्दा गर्दै गरेका युवाहरु ट्याक्टरको ढालामा उपकरण बोकेर बजार तिर फर्कदै गरेका आम जनमासले अब चिल्ला कुरा, निर्वाचनमा दिइने झुट्टा आश्वासन, निर्वाचनमा सो गरिने पैसा हैन युवा र पराक्रमी नेतृत्व खोजीरहेको छ ।
अब पातारासिको आन्तरिक बिकासका लागि पढेलेखेको, पैसावाला र टुरिष्ट उम्मेदवार हैन पातारासि र यहाँको आम नागरिकको समस्या बुझेको युवा नेतृत्व हुनुपर्छ यसमा हामी नेतृत्व गर्छौ आगामी २०८४ सालको निर्वाचनमा मेरो पनि उम्मेदवारी रहन्छ त्यसका लागि युवाहरुले साथ र सपोर्ट दियो भने काठ्माण्डौ महानगरको मेएर बालेन शाहा जस्तै जुम्ला पातारासिको बालेन बनेर पातारासिलाई देशकै आकर्षणको विन्दु बनाउन मलाई रहर छ । यसका लागि मैले महाअभियान समेत चालिसकेकाे छु यो वर्ष देखि पातारासिको स्थानिय उत्पादनलाई भण्डारण र बजारी करणको सम्पुर्ण जिम्मा म लिन्छु अहिले पनि म एक युवा उद्यमी हुँ हरेक युवालाई उद्योगमा प्रोत्सानहन गर्न जुम्ला पातारासिको जल, जमीन र जंगललाई व्यवस्थापन गर्न मात्र सकियो भने यहाँका दुई सय बढी युवालाई स्वरोजगार बनाउन सकिन्छ । यसका लागि मैले राष्ट्रिय तथा अन्त राष्ट्रिय लभिङ् शुरु गरिसकेको छु
पातारासि बिकास र प्रवर्द्धनका लागि कुनै ठुला सपना देखाउन जरुरी छैन यसका लागि सानासाना कामहरुले ठुलो उपलब्धि हासिल गर्न सकिन्छ । यहाँको स्थानिय उत्पादनलाई व्यवस्थापन र बजारिकरणले मात्रै जुम्ला जिल्लामै आर्थिक टेवा पुर्याउन सकिन्छ । म र म जस्तै जोस बोकेर आउनुस युवा साथिहरु दलीय फोहोरको डंगोलबाट माथि उठेर हामीले केही गर्न पर्छ देशकै नमुनाका रुपमा युवा जनप्रतिनिधिहरु आउँ पातरासिलाई समृद्ध र देश बिकासमा समेत टेवा पुग्ने वातावरण सिर्जना गरौ ।