<span;><span;>नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले आयाेजना गरेकाे दुई दिने श्रोत परिचालन र कोष वृद्धि तालिम सम्पन्न भएको छ । स्वीस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाद्धारा संचालित शहरी विपद् पूर्व तयारी तथा आपकालिन प्रतिकार्य प्रवद्र्धन कार्यक्रम मार्फत शाखा र विभिन्न उपशाखाहरुको श्रोत परिचालन र कोष वृद्धिका लागि क्षमता अभिबृद्धि गर्न यो तालिम संचालन भएको हो ।
<span;>नेपाल रेडक्रस सोसाइटी जुम्लाले संचालन गरेको तालिममा शाखा र उपशाखाहरुले श्रोत परिचालनको प्रकार र महत्व, कोष विविधिकरण, श्रोत परिचालन र कोष संकलन परिदृश्य, सामुदायिक श्रोत परिचालन, संस्थाको वित्तिय दिगोपन, सरोकारवालाहरुको विश्लेषण, योजनाका चरण, परियोजनाको योजना, कार्ययोजना विकास गर्ने सम्वन्धमा प्रशिक्षण गर्न तालिम संचालन भएको थियो । उक्त तालिममा जिल्ला शाखा, उपशाखा र शहरी विपद् पूर्व तयारी तथा आपकालिन प्रतिकार्य प्रवद्र्धन कार्यक्रमका कर्मचारीहरु गरि २५ जनाको उपस्थिति रहेको थियो ।
<span;>नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाका मन्त्री इन्द्र राज डाँगीको सभापतित्वमा भएको तालिम समापन कार्यक्रममा सहभागिहरुको तर्फबाट तातोपानी उपशाखाका सभापति नरविर सुनार, छुमचौर उपशाखाबाट बिपना थापा, स्वीस रेडक्रसका वरिष्ट कार्यक्रम अधिकृत धनश्याम सापकोटा, तालिमका प्रशिक्षक रेवतीरवण ढकाल, नेरेसो केन्द्रिय कार्यालयका कार्यक्रम अधिकृत तिर्थ राज पाण्डे, नेरेसो कर्णाली प्रदेश कार्यसमितिकी सदस्य खम्मीनी महतारा लगायतले मन्तव्य राख्नु भएको थियो । तालिम शनिवार र आईतवार दुई दिन भएकाे थियाे ।
दुई दिने स्राेत परिचालन तालिम सम्पन्न
