जुम्लाकी शारदा पछाईंलाई राष्ट्रिय यूवा संघले केन्द्रीय सचिवमा मनोनित गरेको छ। एमाले निकट संगठन राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय कमिटीको सचिवमा पछाई मनोनित भएकी हुन।
लामो समयदेखि युवा आन्दोलन रचनात्मक गतिविधि तथा सामाजिक अभियानताको रुपमा सक्रीय पछाईलाई राष्ट्रिय यूवा संघले केन्द्रीय सचिवको जिम्मेवारी दिएको हो।
गहन जिम्मेवारी प्राप्त भएको भन्दै नेतृ पछाईंले यूवालाई मुलधारमा ल्याउन निरन्तर लागिरहने प्रतिक्रिया दिएकी छन ।