खोज्नुहोस

Advertisement

पेस नेपालको समुदायको सशक्तिरणदेखि संस्थागत विकासमा जोड

 

जुम्ला – पेस नेपाल जुम्लाले समुदायको शसक्तिकरणदेखि संस्थागत विकास र दिगो विकासमा उल्लेखीय काम गर्दै आएको छ ।
जुम्लामा सन् २००६ मा दर्ता भई संचालनमा रहेको गैर नाफा मुलक गैर सरकारी संस्था पेश नेपालले शसक्तिकरणदेखि दिगो विकासमा काम गर्दै आएको हो ।

कृषि, जलवायु अनुकुलन, खानेपानी, विपद व्यवस्थापन, मर्यादित महिनावारी लगायतका विभिन्न क्षेत्रको विकास गरि समुदायको सशक्तिकरण र दिगो विकासमा जोड दिएको छ । करिब दुई दशक लामो यात्रामा पेश नेपालका विभिन्न परियोजनाहरु जुम्ला सहित मुगु र कालिकोटका ३२ वटा वडाहरुमा काम गर्दै आएको छ ।

शुक्रबार जिल्ला स्थित संचारकर्मीहरु संगको अन्तरक्रिया गर्दै पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले विभिन्न दातृ निकायको सहयोगमा जुम्ला,कालिकोट र मुगुमा सात वटा परियोजना संचालित रहेको बताए ।

उनले भने, ‘समाजमा विद्यमान हानिकारक अभ्यासहरु थुप्रै छन् । जसमा संचारकर्मीहरुको महत्वपुर्ण भुमिका छ । पेस नेपालले गरेका नमुना अभ्यासहरुलाई संस्थागत गर्न र पालिकाहरुको ध्यानकर्षण गराउन जरुरी छ ।’

त्यसका साथै पेस नेपालले जलवायु परिवर्तन, विपद न्युनिकरण, खानेपानी विकास तथा सरसफाई, बाल संरक्षण, संस्थागत विकास लगायतका विभिन्न काम गरिरहेको रहेको छ ।

पछिल्लो समयमा बढ्दो जलवायू समस्याबाट अनूकुलितका कार्यक्रम,भुकम्पीय जोखिम तथा विपद् पूर्वतयारीका कार्यक्रम समेत संचालन भईरहेका छन् ।

पूर्वाधार विकास अन्तर्गत कक्षा कोठा देखि भुकम्प प्रतिरोधि विद्यालय भवन निर्माण गरिएको छ । सिंजा क्षेत्रका तीन पालिकामा ५ वटा भुकम्प प्रतिरोधि विद्यालय भवन समेत निर्माण भएका छन् ।

कोभिडको समयमा पनि पेश नेपालले पनि रोकथाम तथा न्युनिकरणमा समेत उल्लेखिय भुमिका निर्वाह गरेको थियो।
परम्परागत हानिकारक अभ्यासहरुको न्युनिकरणका लागि संचारमाध्यमको भुमिका विषयक अन्तरक्रिया समेत गरिएको छ ।
समाजमा विद्यमान कुरिति न्युनिकरण देखि संस्था तथा सरकारले गरेका नमुना अभ्यासको निरन्तरता दिगोपनामा जोड दिन जरुरी रहेको छ ।
जिल्लास्थित पत्रकारहरुले समाज रुपान्तरणका लागि पत्रकार एकजुट हुनु पर्ने, सामाजिक मुद्दाको वकालत गर्नु पर्ने, सकरात्मक सोचको विकास हुनु पर्ने, आपसी समन्वय सहकार्यमा जोड दिनु पर्ने धारणा राखेका छन्। परम्परागत हानिकारक अभ्यासहरु न्युनिकरणमा एकजुट हुने समेत पत्रकारहरुले प्रतिबद्दता गरेका हुन् ।

नकरात्मक सोच पनि परम्परागत हानिकारक अभ्यास भएकाले सकरात्मक सोचको विकास जरुरी रहेको राष्ट्यि मानव अधिकार आयोग जुम्लाका प्रमुख धनराज शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!