कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्तापल जुम्लामा ब्लड बैंक स्थापना गरिने भएको छ । अमेरिका नेपाल मेडिकल फाउण्डेसनको एक करोड २३ लाख सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना गरिने भएको हो ।
जुम्लामा प्रतिष्ठान स्थापना भएको १३ वर्षपछि ब्लड बैंक स्थापना गर्न लागिएको छ। प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले अमेरिका नेपाल मेडिकल फाउण्डेसनले केही समय अघि सिकागो सहरमा आयोजना गरेको तिन दिवसीय सभामा दुर्गमको स्वास्थ्य सेवाका चुनौति र संभावनाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
उक्त प्रस्तीकरणमा उल्लेख गरिएका कर्णालीका स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै फाउण्डेसनको सवाँ करोड लगानीमा ब्लड बैंक स्थपना गरिएको उपकुलपति डाक्टर मंगल रावलले बताए ।
उपकुलपति डाक्टर रावललाई फाउण्डेसनको २८ औं सभामाका अबसरमा ब्लड बैंक स्थापना गर्न सहयोग रकम प्रदान गरिएको हो ।
सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र फाउण्डेसनबिच भविश्यमा हुन सक्ने सहकार्यका बिषयमा पनि छलफल भएको डा.रावलले जानकारी दिएका छन् ।
फाउण्डेसनको सभामा भाग लिन चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) का उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशी लगायत नेपाली चिकित्सकहरु समेत सहभागी भएका छन् ।
फाउण्डेसनले नेपालको स्वास्थ्य क्षेत्र सुधारमा सहयोग र सहकार्य गर्दै आइरहेको छ । प्रतिष्ठान स्थापनाको १३ वर्ष सम्म पनि ब्लड बैंक स्थापना नहुँदा विरामीलाई रगत आबश्यक पर्दा नेपाली सेना,सशस्त्र प्रहरी गुर्हानु पर्ने बाध्यता रहेको छ ।