खोज्नुहोस

Advertisement

गण्डकीबाट प्रचण्डलाई बाबुरामले दिएको राजनीतिक सन्देश

२९ जेठ, पोखरा । बहुमत पुर्‍याउने समझदारी भएपछि नै आत्मविश्वासका साथ संसदमा आफूलाई परीक्षण गरेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गर्न सफल भए । उनले विश्वास जित्नुका पछाडि प्रमुख निर्णायक राप्रपा थियो तर चर्चा र सबैको ध्यान नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ताने ।

माओवादी संसदीय दलका सदस्य भनिएका देवकोटाले विश्वासको मत दिँदा मुख्यमन्त्री पाण्डेले बहुमतमात्र पुर्‍याएनन्, गण्डकीले राजनीतिक सन्देशसमेत दिएको छ । गण्डकीको निर्णायक शक्ति बनेको राप्रपाले उनलाई साथ दिने निर्णय नै गरेकाले अनपेक्षित थिएन ।

स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ ९दीपक मनाङे० ले जता ३० पुग्छ, उता बहुमत पुर्‍याउने सार्वजनिक रुपमै बताउँदै आएका थिए र त्यसरी नै पाँचौं पटक मन्त्री भइसकेका थिए ।

माओवादी चुनाव चिन्हबाट विजयी डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणीन्द्र पछिल्लो समय दलको बैठकमा जान त छोडेका थिए भने आफू अलग्गै पार्टीको भएको बताउँदै आइरहेका थिए । तर, संविधानको धारा १६८ ९२० बमोजिम सभामुखको संलग्नतामा खगराजका पक्षमा बहुमत घोषणा हुँदा विश्वासको मत दिएका उनले उपधारा ३ बमोजिम सुरेन्द्रराजलाई साथ देलान् भन्ने चर्चा त थियो तर एकिन थिएन ।

ह्वीप जारी हुने र कारबाही हुन सक्ने जोखिमकाबीच फणीन्द्र सुरेन्द्रराजको पक्षमा किन उभिए त रु यो विषयले अहिले विभिन्न तर्क र चर्चा भइरहेको छ । फणिन्द्रले सुरेन्द्रराजलाई विश्वासको मत दिएपछि मन्त्री हुने पक्का भइसकेको छ ।

तर, पदभन्दा पनि यो कदमलाई केही पृष्ठभूमिमा रहेर हेर्नुपर्ने नेसपाका नेताहरु बताउँछन् ।

२०७९ मंसिरको चुनावमा डा। भट्टराईले माओवादी अध्यक्ष प्रचण्डलाई चितवनबाट गोरखा–२ मा ठाउँमात्रै छोडिदिएका थिएनन्, चुनावभरि बोकेरै हिँडेका थिए । गोरखा–२ संघीय निर्वाचन क्षेत्रमा प्रचण्ड उम्मेदवार थिए भने प्रदेश सभातर्फ २ ९१० मा नेसपाका फणीन्द्र र २ ९२०मा कांग्रेसका सुरेन्द्रराज पाण्डे उम्मेदवार थिए ।

त्योबेला बाबुरामले प्रचण्ड देशको प्रधानमन्त्री र सुरेन्द्रराज गण्डकीको मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । पार्टी एकता गर्नेसम्मकै योजनामा बोकेर हिँडेका बाबुरामलाई चुनाव जितेर प्रधानमन्त्री भएपछि बेवास्तामात्रै गरेनन्, निषेधैसमेत गरेको आरोप लाग्यो ।

बाबुराम कै प्रस्तावमा गठन भएको समाजवादी मोर्चामा पनि प्रचण्डले उनैलाई सहभागी गराएनन् । त्यतिमात्रै होइन, माओवादी, कांग्रेसको गठबन्धनसँग मिलेर चुनाव लडेर प्रदेशतर्फ २ र संघमा एक जना सांसद जितेकोमा प्रचण्डकै डिजाइनमा ३ सांसदसहितले बाबुरामको साथ छोडे ।

एमालेसहितकै गठबन्धनमा फर्किएर तेस्रो पटक विश्वासको मत लिएका प्रचण्डकै उपस्थितिमा प्रदेश सरकारहरु पनि संकटमा रहेकैबेला २०८० चैत ३ गते नेसपाका अध्यक्ष तथा सांसद महिन्द्रराय यादव, सहअध्यक्ष तथा अर्का सांसद गंगानारायण श्रेष्ठले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेका थिए । संयोगवश त्यही दिन डा। बाबुराम, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सांसद फणीन्द्र देवकोटा गोरखा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सँगै अतिथि थिए ।

प्रचण्डले सत्ता समीकरण बदलेपछि गण्डकीमा अल्पमतमा रहेका सुरेन्द्रराजले बाबुरामको साथ खोजेका थिए भने भट्टराईले पाण्डेलाई सघाउने बताएका थिए । नेसपा र माओवादी एकता भएको विषयलाई प्रधानमन्त्री प्रचण्डकै उपस्थितिमा राजनीतिक ठगी गरेको त्योबेला डा। भट्टराईको प्रतिक्रिया थियो ।

नेसपा गण्डकीका अध्यक्ष किरण थापाले माओवादीले पटकपटक गरेको अपमान, प्रचण्डको राजनीतिक बेइमानीको परिणाम सोमबार गण्डकीको घटना भएको बताउँछन् । अरुको अस्तित्व नै नस्वीकार्ने र सत्ताका लागि जे पनि गर्ने प्रचण्डलाई गण्डकीबाट नेकपाले दिएको जवाफको रुपमा बुझ्नुपर्ने उनको तर्क छ ।

प्रचण्डलाई बाबुरामको चुनौती

नेसपा अध्यक्ष डा। बाबुराम भट्टराईले भने संख्यामा एक जनामात्र भए पनि यसलाई निष्ठा र जनताको म्याण्डेटका रुपमा बुझ्नुपर्ने बताए । चुनावमा गरेको गठबन्धन, नैतिकता, जनताको भोटको मूल्य र नेसपा बेग्लै स्वतन्त्र पार्टी भन्ने आधारमा सुरेन्द्रराजलाई विश्वासको मत दिइएको डा। भट्टराईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!