खोज्नुहोस

Advertisement

तातोपानी जुट्यो, विपद पुर्वतयारी तथा प्रतिकार्य योजनामा

जुम्लाको तातोपानी गाउँपालिका विपद् प्रतिकार्यको पुर्व तयारीमा जुटेको छ । यो वर्षको मनसुन यहि जेठ ३१ गतेबाट असोज १७ सम्म रहने छ । यो समय भित्र १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । यो प्रक्षेपण पछि तातोपानी गाउँपालिका तत्काल विपद् प्रतिकार्यको पुर्व तयारीमा जुटेको हो ।
तातोपानी गाउँपालिकाको स्थानीय विपद् व्वश्थापन समितिले आजको बैठकबाट ६ वटा महत्वपुर्ण निर्णय गरेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए । बाढी, पहिरो लगाएतका मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै खाद्य संस्थान सँग समन्वय गरि २ सय क्विइन्टल खाद्यान्न तयारी अवश्थामा राख्ने निर्णय गरिएको अध्यक्ष चौंलागाईmे बताएका छन् । विपद्मा यस्तै तातोपानीका युवा समेत परिचालन गर्ने तथा उद्धार सामाग्री, लत्ता कपडा प्रहरी चौकि र तातोपानी ७ कंयरकोटमा राख्ने निर्णय गरिएको अध्यक्ष चौंलागाईले जानकारी दिए
विपद्को बेला व्यापारिले बजारमा कृतिम अभाव सृजना गर्ने गलत अभ्यास भएकोले २ ड्रम इन्धन समेत मौज्दात राखिने छ । ‘विगतमा विपद्ले तातोपानीलाई अतुलनीय क्षति गरेको छ । यो वर्ष हामी समयमै प्रतिकार्य योजनामा जुटेका छौं । यसले अवश्यपनि क्षति तथा जोखिम न्युनिकरण र विपद् व्यवश्थापनमा टेवा पुर्याउने छ ।’ अध्यक्ष चौंलागाईले नयाँ कर्णाली सँग भने ।
विपदको जोखिममा रहेका समुदाय सामाजिक र आर्थिक रुपमा कमजोर हुने भएकोले स्थानीय तहले अविभावकीय भुमिका निर्वाह गनुपर्ने तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावलले बताइन् । तातोपानी गाउँपालिकाभित्र सम्भावित विपदको पहिचान, जोखिमको विश्लेषण र प्रतिकार्यका लागि विद्यमान क्षमताबारे भएको छलफलले समग्र तातोपानीबासीका लागि हितकर हुने उनले विश्वास व्यक्त गरिन् । तातोपानी गाउँपालिकाले ‘विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना, २०७९’ कार्यान्वयनमा ल्याएको छ । विपद्को पुर्वतयारी र प्रतिकार्य स्थानीय तहको दायितव भएकोले नयाँ ऐन, नियमलाई आत्मसात् गरि समन्यात्मक भुमिकालाई सशक्त बनाइएको उनले बताए ।
तातोपानी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष तिलक रावतले भेरीखोला क्षेत्र संवेशनशील भएकोले पालिकाकाले सडकका लािग डोजर, खाद्यान्न, लत्ताकपडा र उद्धार सामाग्रि यो क्षेत्रमा अग्रिम राख्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!