जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रुमख टोप बहादुर महताराले जुम्ला पुगेर जिम्मेवारी सम्हालेको धेरै भएको छैन। समयको हिसाबले थोरै हो । जिल्ला ट्राफिक जुम्लामा प्रहरि सहायक निरिक्षक टोप बहादुर महतारा पुगेको १ महिना पनि पुगेको छैन। तर समय थोरै भएपनि काम धेरै भएको छ।
जिल्लामा पुग्नासाथ ट्राफिकको सक्रियता ह्वात्तै बढेको छ। खासगरी ट्राफिक प्रमुुख महतारा जुम्लामा ट्राफिक व्यवस्थापनमा केही नयाँ र रचनात्मक ढंगले कार्ययोजनाका साथ काम गर्न खोजिरहेका छन्।
उनी जिल्लामा पुग्नासाथ सरोकारवाला सँग समन्वय गरि ट्राफिक व्यवस्थापन, चेकजाँच र सचेतनाका कामलाई एकाएक तीव्रता दिएका छन्। दुर्घटना न्युनिकरण देखि ट्राफिक व्यवस्थापनमा जोड दिइएको उनले बताए ।
जिल्लाका आठै पालिकामा दुर्घटना घटाउन तथा ट्राफिक व्यवस्थापन गर्न खटिरहेको उनले बताए । उनकानुसार जुम्लामा चल्ने सवारीसाधन मध्य सबै भन्दा बढि समस्या अटोमा छ। उमेर नपुगि चलाउने, कागजात समेत पूरा नभएको र क्षमता भन्दा बढि बोक्ने गरेको पाइएको उनले बताए ।
यातायात व्यवस्था कार्यालय सँग समन्वय गरेर तत्काल देखिएका जटिल समस्या समाधान मा ध्यान दिइएको उनले बताए । जिल्लामा सरकारी सवारी साधन समेत दुरुपयोग भएको पाइएको उनले बताए । गत शनिवार बिना पासको सरकारी मोटर साइकल चलेको भेटाएपछि दिनभर चालकलाई रोकेर बेलुका उक्त सम्बन्धित कार्यालय सँग समन्वय गरेर पठाएको ट्राफिक जुम्लाका प्रमुख महताराले बताए ।
जुम्ला खलंगाबाट मात्रै चल्ने अटो ५० वटा छन्। कसैको लाइसेन्स छैन, कसैको उमेर पुगेको छैन। ट्राफिक नियम उलंघन गर्नेलाई कार्वाहीको दायराका ल्याएरै छाड्ने ट्राफिकको अडान छ। अब छिट्टै टिप्पर चालक सँग छलफल गर्ने ट्राफिक को तयारी छ। साँघुरो सडक, तीव्र गति छ। सडकमा टिप्परले दुर्घटना निम्त्याउन सक्ने खतरा देखिएपछि तत्काल टिप्पर चालक सँग परामर्श तथा छलफल गरि आवश्यक सुझाव दिइने ट्राफिक जुम्लाले जनाएको छ।