
जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगिता आचार्यले कार्यकाल समाप्त भएपनि सरकारी स्कुटर नबुझाएको खुलेको छ । आचार्यको कार्याकाल सकिपछि स्कुटर फिर्ता गर्नुपर्ने भए पनि अहिले पनि उक्त स्कुटर निजी प्रयोजनमा प्रयोग गरिरहकी छिन् । स्थानीय स्रोतहरूका अनुसार, उनका श्रीमान् सुरेश भण्डारीले उक्त स्कुटर आफ्नो निर्माण व्यवसायमा नियमित प्रयोग गरि रहेको बताएका छन् ।
सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोगमा लगिएको विषयले सरकारी संयन्त्रको जवाफदेहितामा प्रश्न उठाएको छ । २०८१ चैत ३१ गते आचार्यको पदावधि सकिएको हो । तर, उहाँले हालसम्म पनि क १ प २९५ नम्बरको सरकारी स्कुटर अझै फिर्ता नगरेर दुरुपयोग गरिरहेकी छिन् ।
कार्यकाल सकिए पनि सरकारी सम्पत्तिको दुरुपयोग गर्दै खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव रहेकी संगिता आचार्यले अझै सरकारी स्कुटर कुदाई रहेकी छन् ।
कार्यकाल सकिएको ३ महिना बिति सक्दा समेत आफु मात्र नभएर उनका श्रीमानले समेत सरकारी सम्पतिको दुरुपयोग गरि रहेका छन् । कानुन विपरीत सार्वजनिक सम्पत्तिको दोहन गरेर कार्यकाल सकिएकी सचिव आचार्यले सरकारी स्कुटर आफ्नो ठेक्का पट्टा, पार्टीका कार्यक्रम, पारिवारिक भ्रमण तथा निजी काममा प्रयोग गरिरहेको पाइएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तर्गत सदस्य सचिवमा राजनीतिक नियुक्तमा भएकी आचार्यले प्रयोग गर्ने स्कुटर उनका श्रीमान सुरेश भण्डारीले दुरुपयोग गरि रहँदा समेत सम्बन्धित निकाय मौन बसेका छन् ।
सार्वजनिक पदमा बसेको बेला प्रयोग भएका सरकारी सम्पत्ति यसरी दुरुपयोग हुनु कतिको राम्रो हो ? पदमुक्त भइसक्दा पनि उनले आफ्नो व्यक्तिगत काममा सरकारी स्कुटर प्रयोग गरिरहेको पाइएको छ । यस्तै सामाजिक बिकास मन्त्रालयका खेलकुद महाशाखा प्रमुख जवारलाल हमालले सामाजिक बिकास मन्त्रालय अन्तर्गत बाट नियुक्त भएका सबै खेलकुद बिकास समितिका पदाधिकारीको पदावधि सकिएको ३ महिना बिति सकेको बताए । पदावधि सकिए पछि आफुले प्रयोग गरेका सामाग्री अनिवार्य कार्यालयमा बुझाउनु पर्ने कानुनी प्रावधान रहेको उनको भनाइ छ ।
यदि नबुझाएको भएमा सम्बन्धित निकायलाई ताकेता गर्ने छौँ । बुरबुझारथ गर्नु पर्ने दायित्व हो गर्नु पर्छ । कार्यकाल सकिएको हुनाले नियम अनुसार बुझाउनु पर्छ । निर्णय भएको मितिबाट चार वर्षसम्म कार्यकाल रहने उल्लेख छ । निर्णय खारेज भएपछि कार्यकाल स्वत बदर हुने हमालले बताए । एता पदावधि सकिएकी सदस्य सचिव संगीता आचार्यका अनुसार, कर्णाली खेलकुद बिकस समितिले अन्य पदावधि सकाए पनि आफ्नो पदावधि कायमै रहेको दाबि गरेकी छन् । उनले भनिन् , नयाँ निति आउने क्रममा रहेकाले आफ्नो कार्यकाल उस्तै रहेको दाबि गरिन् ।