खोज्नुहोस

मधेश प्रदेश सभाको बैठक बोलाइयो

जनकपुरधाम ।  मधेश प्रदेश सभाको बैठक बोलाइएको छ ।

जेनजी आन्दोलनको क्रममा भएको सरकारी संरचना तोडफोड तथा आगजनीपछि ध्वस्त भएको संरचनालाई मर्मत सम्भार गरेर मंगलबारका लागि बैठक बोलाइएको छ ।

सभामुख रामचन्द्र मण्डलको पहलमा शनिवार भएको सर्वदलीय बैठकबाट मंगलबार देखि प्रदेशसभाको बैठक बोलाउने सहमति भएको थियो । जेनजी आन्दोलनपछि भदौ २४ गते जनकपुरधाममा भएको प्रदर्शनमा मधेश प्रदेशसभा सचिवालय तथा संसदीय दलको कार्यालय, समितिको कार्यालयमा पनि तोडफोड आगजनी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *