खोज्नुहोस

Advertisement

उद्योग बाणिज्य संघ जुम्लाको अध्यक्षमा  दिल बहादुर रोकाया सर्वसम्मत

जुम्ला । उद्योग बाणिज्य संघ जुम्लाको अध्यक्षमा  दिल बहादुर रोकाया निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न चुनावी साधारण सभाबाट अध्यक्षमा रोकाया सहित १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित  गरिएको हो ।

जसमा बाणिज्य तर्फको उपाध्यक्षमा डम्बर कुमारी खड्का,  उद्योगतर्फको उपाध्यक्षमा बालकृष्ण बुढा, महिला उपाध्यक्ष तर्फ सुनिता श्रेष्ठ निर्वाचित भएका छन् । भने महासचिवमा देवेन्द्रराज उपाध्याय, कोषाध्यक्षमा अनुपमा रोकाया निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै, खुल्ला सदस्यामा मन्न थापा, मेगराज देवकोटा, टेकेन्द प्रसाद नगरकोटि, भगवति थापा, राष्टु कठायत, महिला सदस्यमा रम्वा भन्डारी, जनजाती सदस्यमा नन्द बहादुर गुरुङ, दलित सदस्य तर्फ हरि बहादुर सार्की, एसोसिएट सदस्य रवि मनिहार, वस्तुगत सदस्यमा ज्ञान बहादुर वि.क निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समिति संयोजकमा जीवन कठायत , सदस्यमा कृष्ण चौलागाँई र अटल शाही निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्य हरुलाई सोमबार सपथ ग्रहरण गराईने निर्वाचन अधिकृत दिल बहादुर महतले जानकारी दिए ।

विगतका चुनावमा पार्टीगत हिसाबले व्यवसायी बीच कडा प्रतिस्प्रर्धा हुने गरेपनि यसपालीको निर्वाचनमा सहमतीका आधारमा नेतृत्व चयन गरिएको छ । यसले जु्म्ली  व्यवसायीहरु बीच एकता रहेको सन्देश पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!