समुद्री सहत देखि करिव ४ हजार ४८ मिटर उचाइमा रहेको चुच्चेमार लेक बाट देखिएको. कञ्चन रारा । रारा ताल देखि चुच्चेमारा लेक पुग्न करिव ४ घण्टा समय लाग्ने गरेको रारा माझघटट त्रिलोक बाट उकालो जंगलको बाटो भएर चुच्चेमारा लेक पुग्न सकिन्छ । अर्कोतिर मुगु र जुम्लाको सिमान घुच्चीलेक बाट पनि चुच्चेमारा लेक पुग्न सकिन्छ । चुच्चेमारा लेक बाट रारा ताल पुरै देखिने मुर्मा गाउका स्थानीय बिर्ख रोकायाको भनाई छ । चुच्चेमारा लेक बाट सिमित रारा मात्र नभएर धार्मिक तिर्थस्थल छायानाथको पनि अवलोकन गर्न सकिन्छ । रारा घुम्न आउने पर्यटकहरु ताल वरिपरि घुमेर फर्किने र चुच्चेमारा लेक मुर्माटप कम मात्रमा जाने गरेका छन । तस्विर कबिराज कार्की मुगु
चुच्चेमारा लेक बाट देखिएको रारा