खोज्नुहोस

जुम्लामा उत्कृष्ट करदाता सम्मानित

जुम्ला- जुम्लामा चौधौ राष्टि्य कर दिवस २०८२ का अबसरमा तिन जना उत्कृष्ट करदाता सम्मानित भएका छन्।

जुम्लाका कैलाश जनरल स्टोरका संचालक देउऋषि चौलागाँई, हिमालचुलि कृषि सहकारी संस्था कालिकोट र रविचक्र/बिफोर जेभी मुगु सम्मानित भएको आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेले बताए । आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका जुम्ला, मुगु र कालिकोटका करदाताहरुमध्यबाट आयकर तर्फ सबैभन्दा बढी कर तिरेका ब्यबासायिको हौसला प्रदान गर्न सम्मान गरिएकाे कार्यालय ले जनाएकाे छ । 

 कर दिवसका अबसरमा आयोजित एक समारोहका अबसरमा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *