खोज्नुहोस

हुम्ला सर्केगाडमा फोरजी सेवा संचालन स्थानीय हर्षित

हुम्ला—हुम्ला सर्केगाड गाउँपालिकाको ३ ठाउँमा टावर जडान गरि फोरजी सेवा संचालन भएपछि स्थानीय हर्षित भएका छन ।सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार छयागी, गुसा र जैर तीन स्थानमा टावर जडान गरि फोरजी सेवा संचालन गरिएको बताएका छन । लामो समयको संघर्ष,मिहेनत र निरन्तरताको प्रयासले नेपाल टेलिकमको फोरजी संचालन ल्याए पछि स्थानीय हर्षित भएको अध्यक्ष रोकायाको भनाई छ ।

हुम्लाको छ्याँगी गाउँमा जडान गरिएको फोरजी पटावरले खार्पुनाथ गाउँपालिका—१ को गोप्का, लाली, सर्केगाड गाउँपालिका—१ जैरमा राखिएको टावरले नजिकको छिमेकी जिल्ला मुगुको फोतु, लिब्रु नेर, नार्थपु, लगायत समेतका बस्तीमा समेत फोरजी सेवाले काम गरेको छ । राम्रो सित मोवाइल नेटवर्कले काम नगर्ने दुर्गम बस्तीमा एक्कासि फोरजी सेवा संचालन हुदा बिधार्थी, कर्मचारी, ब्यापारी र स्थानीयको मनमा खुशी छाएको छ । घरमै फोरजी चल्दा इन्टरनेट चलाउन पाइएको मुगु फोतु गाउ“की दुर्गा शाहीले बताइन । यस अघि मोवाइल नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो अब इन्टरनेट चल्न सुरु भयो उनको भनाई छ ।

उक्त फोरजी सेवा संचालनका लागी निरन्तर साथ, सहयोग, हाते मालो गर्ने सर्केगाड गाउँपालिका स्थानीय सेवाग्राहीले अध्यक्ष रोकाया धन्यबाद समेत दिएका छन ।हुम्ला जिल्लाका ग्रामिण भेग सम्म फोरजी सेवा संचालनमा आउन थालेको छ । यस अघि हुम्ला जिल्लाका ग्रामिण भेगमा रहेका गाउँपालिकामा नेट तथा इन्ट्रनेटले काम नगर्दा गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाइ सेवा प्रवाह गर्न गाह्रो भएको थियो हुम्ला जिल्लामा रहेका गाउँपालिका केन्द्रमा धमाधम फोरजी सेवा संचालनका लागी टावर जडान कार्य हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *