खोज्नुहोस

उपभोक्ता समितिका पदाधिकारीलाई क्षमता बिकास तालिम दिदै तातोपानी

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकामा उपभोक्ता समितिका पदाधिकारीहरुलाई क्षमता बिकास तालिम संचालन गरिएको छ।
पालिकामा हुने बिकास निर्माणका योजनाहरुमा कानुनी प्रक्रिया अनुसार उपभोक्ता समितिले चाहिले कागजात पुर्याउन नसक्ने जस्ता समस्या हुने भएको हुदा समाधानको लागि उक्त तालिम संचालन गरिएको पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए । उपभोक्ता समितिका पदाधिकारी लाई कानुनी सचेतिकरण गर्ने जुम्लाको पहिलो पालिका भएको अध्यक्ष चौलागाईंलेको भनाइ छ।
गत बर्ष योजना अनुगमन गर्ने क्रममा थुप्रै कानुनी समस्याहरुले गर्दा उपभोक्ताले दु:ख भोग्नु परेको गुनासो आए पछि यो बर्ष देखि काममा सहज ल्याउन पालिकाले तालिम संचालन गरेको अनुगमन संयोजक तथा पालिका उपाध्यक्ष रेवती रावलले बताइन् ।
उपभोक्ता , प्राविधिक र कर्मचारी बिच समन्वय नहुदा सबैलाई सास्ती हुने र कानुनी झन्झट सृजना हुने हुदा आगामी दिनमा सरल ,सहज र प्रभावकारी ढंगले सेवा प्रबाह गर्न सो तालिमले महत्वपूर्ण भुमिका खेल्ने प्रमुख प्रसाशकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।
पहिलो चरणमा १,२ , ३ वडाका र दोर्सो ,तेर्सो चरणमा तातोपानीका ८ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीलाई सो तालिम दिने योजना शाखा प्रमुख ओम बहादुर चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *