जुम्ला – जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले प्रशासन लगायत सरकारी कार्यालयका सेवालाई छिटो छरितो र सरल बनाउन पहल चाल्ने बताए । प्रजिअ पौडेलले पत्रकार संग छलफल गर्दै सरकारी कार्यालयका सेवा एकै दिनमा पाउने र एकै कामका लागि धेरै दिन धाउनु पर्ने समस्याको अन्त्य गर्ने गरि काम अघि बढाउने वताएका छन् ।
जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएकाे सेवाहरु नागरिकता, राष्टिय परिचयपत्र, अन्य सिफारिस लगायतका सेवाहरुलाई छिटो छरितो बनाउनका साथै जुम्लाको शान्ति सुरक्षा अमन चयन, सुशासन, विकास निर्माण लगायतका पक्षमा सुक्ष्म रुपमा काम गर्ने बनाईने प्रतिबद्वता व्यक्त गरेका छन् ।