खोज्नुहोस

मुगुम कार्माराङमा प्रमुख प्रशासकिय अधिकृत नहुँदा सेवा प्रवाहमा कठिनाई

मुगु-जिल्ला स्थित मुगुम कार्मारोङ गाउपालिकामा प्रमुख लामो समय देखि प्रशासकिय अधिकृत नहुदा सेवा प्रबाह ठप्प भएको छ । गाउपालिका अध्यक्ष छिरिड.क्याप्ने लामाको अनुसार गत साउन महिना सम्म निमित्तको रुपमा शुवास चन्द रावलले कामकाज गर्दै आएको भदौ १३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिनियर प्रमुख प्रशासकिय अधिकृत भीम बहादुर शाहीलाई सरुवा गरि यहा“ पठाए पनि उनी हाजिर नभएको बताए ।
दोश्रो पटक फेरि कार्तिक ५ गते मन्त्रालय बाट प्रमुख प्रशासकियमा नैनसिह बुढालाई खटए पनि उनले मुटु रोगको समस्याका कारण हिमाली भेगमा काम गर्न नसक्ने असमर्थ मौखिम खबर गरेपछि यो पालिका ५ महिना देखि प्रमुख प्रशासकिय अधिकृत बिहिन हुदा सम्पूर्ण कामकाज ठप्प भएको अध्यक्ष लामाको भनाई छ ।

प्रमुख प्रशासकिय अधिकृत नहुदा पालिका भित्रका सबै कामकाज अघि बढाउन बाधा उत्पन्न भएपछि मंसिर १४ गते यस गाउ“पालिकाका कार्यरत कर्मचारी मध्ये जेष्ठ इन्जिनियर सातौ हेमन्त न्यौपानेलाई आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी प्रदान गरि दिन मन्त्रालयलाई परिपत्र गरिएको अध्यक्षले बताउनु भयोगाउपालिका स्थापना भए देखि प्रमुख प्रशासकिय अधिकृतको यस्तो समस्या परेको थिएन अध्यक्ष लामाले भने यो पटक सारै कठिनाई भयो । प्रमुख प्रशसकिय अधिकृत नहु“दा पालिका भित्रका सबै कामकाज अघि बढाउन बाधा उत्पन्न भएको अध्यक्षले बताए ।

मंसिर १४ गते यस गाउपालिकाका कार्यरत कर्मचारी मध्ये जेष्ठ इन्जिनियर सातौ हेमन्त न्यौपानेलाई आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी प्रदान गरि दिन मन्त्रालयलाई परिपत्र गरिएको अध्यक्षले जानकारी गराए ।गाउपालिकामा कार्यरत प्रमुख शिक्षा अधिकृत शुवास चन्द रावल सेवाकालिन तालिमको लागि भक्तपुर ठिमीमा गएपछि पालिकाले सातौतहका इन्जिनियर न्यौपानेलाई प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारी माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *