खोज्नुहोस

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १३ जनाको आवेदन स्वीकृत

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १३ जनाले आवेदन स्वीकृत भएको छ ।

सिफारिस समितिले अध्यक्षका लागि दरखास्त आह्वान गर्दा १३ जनाको आवेदन परेको समितिले जानकारी दिएको छ । अध्यक्ष बन्न आवेदन दिनेहरुमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, शिक्षा मन्त्रालयका पूर्वप्रशासक र बोर्डका पूर्व अधिकारीहरु रहेका छन् ।

आवेदन दिनेमा डा. जगतकृष्ण पोखरेल, डा. राजेन्द्रकुमार पोखरेल, प्रा. डा. बाबुराम खनाल, डा. रामचन्द्र पाण्डे, दुर्गाप्रसाद अर्याल, डा. तुलसीराम भण्डारी, पुष्पराज जोशी, डा. घनश्याम ठाकुर, डा. कृष्णप्रसाद आचार्य, प्रा. डा. अच्युत ज्ञवाली, लक्ष्मीराम पौडेल, डा. भोजराज शर्मा काफ्ले र डा. राजेन्द्रप्रसाद चापागाईं रहेका छन् ।

अध्यक्ष महाश्रम शर्माको ४ वर्षे कार्यकाल सकिएपछि शिक्षा मन्त्रालयले नियुक्तिको प्रक्रिया थालेको हो । सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्न लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ । समितिका पूर्वसचिव देवकुमारी गुरागाईं र त्रिविका प्राध्यापक रामेश्वर अधिकारी सदस्य रहेका छन् ।

आवेदकहरुबाट संक्षिप्त सूची (सर्टलिस्ट) प्रकाशित गरी बाँकी प्रक्रिया अघि बढाउने समितिले जनाएको छ । आवेदकहरुको अवधारणा पत्र, व्यावसायिक कार्ययोजना, त्यसको प्रस्तुतीकरण मूल्यांकनसहित अन्तर्वार्ताबाट नियुक्तिको सिफारिस गरिने समितिले जानकारी दिएको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *