खोज्नुहोस

लक्ष्मण पौडेल र कल्पना देवकोटालेकाे “उडी पुतली “ वोलको गीत बजारमा

कुनै पनि प्रस्तुतिकरणलाई जिवन्त तुल्याउन निकै मेहनतको आवश्यकता पर्छ । सफलता एकदिनमा मिल्दैन तर सफलता एक दिन अवश्य मिल्छ ।स्कुले जिवन देखि नै अतिरिक्त कृयाकलावमा सक्रिय संगीतकर्मी लक्ष्मण पौडेलले वेला वखत आफ्ना सृजनामा नयॉ प्रयोग गरि राखेका हुन्छन ।

आफ्नो संगीतीक यात्राको सिलसिलामा लोकप्रिय गायिका कल्पना देवकोटा संग विवाह वंन्धनमा वाधिएका यिनी अहिले स- परिवार अमेरिका वस्दै आएका छन ।

लक्ष्मण पौडेलले “आँधिखोला उर्लेर आयो आउने थिइन मायाले बोलायो” रिमिक्स गीत मार्फत लोक दोहोरीमा र्यापको सुरूवात गरे ।”बेनिको बजार जता माया उतै छ नजर ’ रिमिक्स गीत त झर्नै सुपरहिट मानिन्छ ।

यिनै संगीतका पारखी लक्ष्मण पौडेल र कल्पना देवकोटाले यती वेला “उडी पुतली “ वोलको गीत प्रकासनमा ल्याएका छन । गोदावरी र वालाजु ल्यावमा सुटिगं गरिएको उक्त गीतमा आश्मा विश्वकर्मा र सागर लम्साल “वले “अभिनय गरेका छन भने उक्त गीतमा सरोज अधिकारीको निर्देशन रहेको छ ।”उडी पुतली “गीतमा आस्मा संगै सागर लम्साल “वले” र कार्टुन क्रज टिमको वलियो संयोजन देखिन्छ ।र्यापगीतमा भने स्वर अमृत ल्वागुणको रहेको छ ।

पौडेलले यो गीतमा पनि नयां प्रयोग गरेको छन ।
उन्ले हामी संगको कुराकानीमा नेपाली गीत संगीतलाई अमेरिकामा वसेर पनि अन्तराष्टियकरण गर्न आफू लागि परेको वताए ।
त्यस्तै उन्ले अन्तराष्ट्रिय कलाकार समाज ईनास मार्फत अमेरिका र मेरिल्याण्ड मार्फत कलाक्षेत्रलाई योगदान पुर्याउदै आएका छन ।
पौडेल ईनाश मेरिल्याण्डका नि- अध्यक्ष र संरक्षक पनि हुन ।

गीतमा समावेश पुरानो र नयां लोकगीत तथा लोकभाकाको संयोजन नेपाली वाल लोकमाल सैलीको र्याप र वालकोरश निक्कै प्रशंसा योग्य छ । “ उडी पुतली “ टिम अनि संगीतीक जोडी लक्ष्मण कल्पनालाई हाम्रो पनि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *