खोज्नुहोस

रास्वपा केन्द्रीय सदस्यमा सुदन गुरुङ प्रस्तावकमा अनिल बानियाको उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि अनिल बानियाले उम्मेदवारी दर्ता गराएका छन्। ।

चितवनमा जारी महाधिवेशनमा बन्दसत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया अघि बढेको छ। केन्द्रीय सदस्य पदका लागि बुधबार बिहान खि मतदान हुने कार्यतालिका छ। त्यसअघि विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गरिरहेका छन्। ।

बानियाको उम्मेदवारीमा नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङ प्रस्तावक रहेका छन्।

उम्मेदवारी दर्तापछि बानियाले पार्टीलाई संस्थागत, सुदृढ र जनमुखी बनाउन आफ्नो अनुभव, सिकाइ र ऊर्जालाई उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कारलाई थप मजबुत बनाउन आफू सक्रिय रहने बताए।

कर्णालीको विकास, समृद्धि तथा सुशासनका विषयमा निरन्तर आवाज उठाउँदै आएका बानिया विभिन्न सामाजिक तथा जनचासोका अभियानमा समेत सक्रिय रहँदै आएका छन्।

रास्वपाको प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। महाधिवेशनले आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *