काठमाडौँ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा शैक्षिक परामर्श संस्थामाथि कारबाही गर्दै १८ जना सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरिएको छ।
अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका संस्थाबाट उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो।
पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
कारबाहीमा परेका संस्थामा गुरुबा स्टडी ग्लाइडर, लेक्सिको एजुकेसन, पास्कल एजुकेसन, एपिटोम एजुकेसन, मेघाटेक एजुकेसन, स्किल पोइन्ट एजुकेसन, भाइब्रेन्ट एजुकेसन, ड्रिम एजुकेसन, युनिभर्सल गेटवे, भिक्ट्री एजुकेसन, ट्वेन्टी फोर आवर्स एजुकेसन, ग्रिनर एजुकेसन, ग्लोबल इम्प्याक्ट, उरेशी एजुकेसन र ब्लुम अब्रोड रहेका छन्।
