खोज्नुहोस

पूजा तथा दीप प्रज्वलनमा प्रयोग हुने चिल्लो पदार्थको बिक्रीमा प्रतिबन्ध

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै वनस्पति घिउ, बेकरी सर्टनिङ, परिष्कृत घिउ तथा तेलमा विभिन्न रासायनिक पदार्थ मिसाएर पूजा तथा दीप प्रज्वलनका लागि उत्पादन गरिएका पदार्थ खाद्य घिउसँग मिल्दोजुल्दो देखिने भएकाले उपभोक्ता झुक्किन सक्ने जनाएको छ ।

विभागका अनुसार यस्ता प्रयोजनका लागि उत्पादन गरिने पदार्थको प्याकेटमा ‘खानाको लागि होइन’ भन्ने उल्लेख गरी कालो क्रस चिह्न स्पष्ट देखिने गरी राख्नुपर्नेछ। साथै, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम लेबल विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।

विभागले खाद्य र अखाद्य पदार्थ मिसावट गर्ने, गलत लेबल लगाउने वा गैरखाद्य पदार्थलाई खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गराउने कार्य गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *