खोज्नुहोस

नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रचण्डले नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिने ऐतिहासिक घोषणा २०६५ सालमा गर्न पाउँदा गौरवको अनुभूति भएको बताएका छन् ।

उनले नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको ऐतिहासिक योगदानको स्मरण गर्दै यस संवतले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *