खोज्नुहोस

रजिष्टार नृपेन्द्र महत बिरुद्ध पत्रकार सम्मेलन : प्रतिष्ठानलाई धरासायी गर्न भर्ति केन्द्र देखि दरबन्दि कितावमा नभएका पदहरुको विज्ञापन गरेको आरोप

जुम्ला : कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कर्मचारीले पत्रकार सम्मेलन गरेका छन । उनीहरुले प्रतिष्ठानका रजिष्टार नृपेन्द्र बहादुर महत बिरुद्ध पत्रकार सम्मेलन गरेका हुन ।
उनीहरुले एक दशक भन्दा बढी समय सम्मा स्थास्थ्य शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा अनुकरणीय कार्य गर्दै आएको संस्थालाई प्रष्ठिानका रजिष्टाले नै धरासायी बनाउने खालका षड्यन्त्र गरेको बताएका छन ।त्यहाका सम्पूर्ण कर्मचारीहरुले पत्रकार भेटघाट मार्फत यहि मिति २०८२ /०२/२३ गते प्रतिष्ठानको वेवसाईटमा प्रकाशन भएको विज्ञापनमा ध्यानाकर्षण भएको बताएका छन ।

उक्त बिज्ञापन रजिष्ट्रारको पदावधि सकिन केही दिन मात्र बाँकी रहदै गर्दा आफ्ना आसेपासेहरुलाई भर्ति गर्ने उद्देश्यका साथ विज्ञापन प्रकाशन गरिनु खेदजनक भएको उनीहरुको आरोप छ । उनीहरुका अनुसार प्रतिष्ठानको बेवसाईटमा प्रकाशन भएको विज्ञापन कार्यकारी परिषद बाट स्वीकृत गराई विज्ञापन गर्नु पर्नेमा रजिष्ट्रारको एकल निर्णयले विज्ञापन गरेको तथा प्रकाशित विज्ञापन प्रतिष्ठानको सभाबाट स्वीकृत दरवन्दी कितावमा समेत नभएको पदहरु समेत राखि विज्ञापन गर्नुले रजिष्ट्राको कुनियत प्रष्ट बताएका छन ।

उनीहरुले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ ,प्रतिष्ठानको ऐन २०६९ दफा ४३ मा नेपाल सरकारलाई थप आर्थिकभार पर्ने विषयमा नियम बनाउँदा नेपाल सरकारको स्वीकृति लिनु पर्ने बाध्यकारी व्यवस्थाको सेमत वेवास्ता गरि प्रतिष्ठानकी आर्थिक भारको ख्याल नगरी दरबन्दि कितावमा नभएका पदहरुको विज्ञापन गरिनु संस्थाको हितमा नहुने निस्कर्ष निकाल्दै प्रकाशित बिज्ञापन संस्था प्रमुखको हैसियतले श्रीमान उपकुल पति बाट यथा सिघ्र रद्द गरी संस्थाको रक्षा गर्नका लागी उनीहरुले माग राखेका छन । उनीहरुले आफ्ना माग ४८ घण्टा भित्र सम्बोधन नगरि बेवास्था गरेको खण्डमा हामी सम्पूर्ण कर्मचारीहरु कडा भन्दा कडा संर्घषमा कार्यक्रमहरु सार्वजनिक गर्न वाध्य चेतावनी दिएका छन ।

सो पत्र उनीहरुले सम्माननीय प्रधानमन्त्री तथा कुल पतिलाई ,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, माननीय स्वास्थ्य मन्त्री तथा सहकुलपतिलाई ,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले बोधार्थ दिएका छन ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ट प्रशासकिय अधिकृत दन्द्ध बहादुर शाहीले रजिष्टर नृपेन्द्र महतले मनोमानी कर्मचारी भर्नका लागी  कार्यकारी परिषदयाट स्वीकृत रजिष्ट्रारको एकल निर्णयले विज्ञापन गरेको बताए ।

उनका अनुसार कुनै पनी कर्मचारीको लागी बिज्ञापन गर्दा प्रतिष्ठानको नियमावलीको ४को उपनियम १ बमोजिम २१ दिनको म्याद दिएको छ भने तर रजिष्टार महतले सात दिनको अवधि राखेर बिज्ञापन गरेका छन ।उनले भने,प्रतिष्ठान कर्मचारी सेवा सर्त सम्बन्धी बनेको ऐनको ४३ मा सस्थालाई आर्थिक भार पर्ने गरी बिषयमा सरकारको स्वीकृती लिनु पर्ने ब्यवस्था छ ।

तर रजिष्टार महतले प्रकाशित विज्ञापन प्रतिष्ठानको सभाबाट स्वीकृत दरवन्दी कितावमा समेत नभएको पदहरु समेत राखि विज्ञापन गर्नुले रजिष्टारको कुनियत उनका अनुसार मिति २०८२ /०२/२३ गते प्रतिष्ठानको वेवसाईटमा प्रकाशन गरेपछि कर्मचारीले पत्रकार सम्मेलन गरेका हुन । कर्मचारीका अनुसार रजिष्टार महतले यही जेठ १८ गते मात्रै पाँच जनालाई सम्झौता मार्फत चौथोतह र पाँचौतहका कर्मचारी नियुक्ती गरेका छन ।प्रतिष्ठानका कर्मचारीले नियम बिपरित भर्ति गरिएका कर्मचारी र बिज्ञापन खारेज नगरेको खण्डमा सोमबार देखि इमर्जेन्सी बाहेका सबै सेवा बन्द गर्ने बताए ।यस बिषयमा कर्मचारी युनियन र कर्मचारी कल्यानकारी समाजले पनी प्रेस विज्ञप्ती जारी गरेको छ ।

 

बिज्ञापन सहितका केही प्रमाणहरु

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *