खोज्नुहोस

स्याउ बिमाको भुक्तानी माग्दै सडकमा जुम्ली किसान

स्याउ बिमाको रकम भुक्तानीको माग गर्दै जुम्लाका किसानहरु सडकमा उत्रिएका छन् । उनीहरुले तत्काल स्याउ बिमा बापतको रकम पाउनुपर्ने र यो बर्षको स्याउको समेत बिमा गर्न माग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष सकिन लाग्दासमेत बिमा गरे बापतको रकम भुक्तानी हुन नसकेकोमा आक्राेशित वनेका हुन् । स्याउमा खडेरी र असिनाले क्षति पुर्‍याएरमा क्षतिपूर्ति पाउने गरी शिखर इन्साेरेन्समा किसानले स्याउ बिमा गरेका थिए । 

किसानले सदरमुकाम खलंगाको बालमन्दिर नजिकैबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकालेका छन् ।  किसानलाई बिमा बापतको रकम इन्साेरेन्स कम्पनीले  दिन आलटाल गरि दुख मात्रै दिएकाे स्याउ बिमा पहल समिति संयोजक खड्कबहादुर सेजुवालले वताए । बिमा रकम तत्काल उपलब्ध गराउनुपर्ने भनि धेरैपटक माग राख्यौं । तर बिमा कम्पनीले अटेर गरेकोले सडकमै उत्रिएर आन्दोलनका कार्यक्रम सुरु गर्नुपर्याे । ’गत वर्ष खडेरीले स्याउ फलेन र फलेको स्याउ पनि असिनाले झारिदिएको थियो । बिमा रकम नदिएर किसानलाई राज्यले अपमान गरेको किसानहरुको ठहर छ ।

स्याउको बिमा गर्दा किसानहरु उत्साहित थिए तर अहिले नपाउँदा निरुत्साहित बन्नु परेको छ ।’

बिमा रकम उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरुले किसान सञ्जाल बनाएका छन् । सञ्जालले स्याउ बिमाको लागि मात्र पहल गर्ने नभई कृषिसँग सरोकार राख्ने कार्यालय र संघसंस्थाको समेत निगरानी गर्नेछ । एक हप्ताभित्र बिमाको निचोड निस्किएन भने शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा ताला लगाउने चेतावनी समेत दिएका छन् ।

जुम्लाबाट प्रदेश र प्रतिनिधिसभा सांसदहरुसँग सहयोग मागेर बिमा कम्पनीविरुद्ध मुद्दासमेत दिने जुम्लाका किसानहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *