खोज्नुहोस

कर्णालीको विकासमा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ, वनमन्त्री चौलागाई

नव नियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलन महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ ।शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण पछि मन्त्रालयमा पदभार ग्रहणमा मन्त्री चौलागाईले सरकारले जेनजी आन्दोलनलाई संस्थागत गरि सकेको उल्लेख गर्नु भएको छ ।

कर्णालीकोे विकासलाई कसरी रूपान्तरण गर्ने भन्ने बिषयमा हामीले गम्भीर रूपमा सोच्नु पर्छ मन्त्री चौलागाईले भने देश परिर्वतनमाजेनजीको ठूलो भूमिका छ । जेनजी आन्दोलनको अग्रपङ्ति र घाइतेमा पनि कर्णालीका बढी रहेको उहाको भनाई छ ।मन्त्री चौलागाईका अनुसार कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा संचालन गरिने बताउनु भएको छ ।

अघिल्लो ओली सरकारका निर्बमान वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकुरीको पहलमा सरकारले घोषणा गरेको नेपालको कान्छो मुगुको छायानाथ राष्टिय निकुञ्जलाई ब्याबस्थापनलाई प्रभावकारी बनाउने नवनियुक्त वन मन्त्री चौलागाईले प्रतिबद्धता गर्नु भएको छ मन्त्रीका अनुसार नेपालका सबै राष्ट्रिय निकुञ्ज व्यवस्थापन कार्यलाई अझ प्रभावकारी बनाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *