खोज्नुहोस

खसरैवार

खसरैवार

1004 Posts

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न तीन चरणको प्रक्रिया अपनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न योग्यता, नेतृत्व क्षमता र पारदर्शी मूल्याङ्कनमा आधारित तीन चरणको प्रक्रिया अघि सारेको छ। पार्टीले सार्वजनिक गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार आकाङ्क्षीले उम्मेदवार क्लबमा आवेदन, लिडरसिप एकेडेमीमा प्रशिक्षण र छनोट रूपरेखामा आधारित परीक्षण पार गर्नुपर्नेछ । रास्वपाबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, मनोनयनपत्र दर्ताको अन्तिम मितिसम्म २१ वर्ष पूरा गरेको हुनुपर्ने र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ। साथै, प्रचलित कानुनले उम्मेदवार हुन अयोग्य नठहर्‍याएको हुनुपर्ने व्यवस्था छ । पार्टीको विधानअनुसार आकाङ्क्षी रास्वपाको सक्रिय सदस्य…
Read More

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरपरिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो । रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारले राहत पाएका छन्। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी करिब १ हजार ४०० घरपरिवारलाई पनि तीन दिनभित्र राहत वितरण गरिसक्ने सरकारको तयारी छ । गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले प्रभावित घरपरिवारको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको…
Read More

पूजा तथा दीप प्रज्वलनमा प्रयोग हुने चिल्लो पदार्थको बिक्रीमा प्रतिबन्ध

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै वनस्पति घिउ, बेकरी सर्टनिङ, परिष्कृत घिउ तथा तेलमा विभिन्न रासायनिक पदार्थ मिसाएर पूजा तथा दीप प्रज्वलनका लागि उत्पादन गरिएका पदार्थ खाद्य घिउसँग मिल्दोजुल्दो देखिने भएकाले उपभोक्ता झुक्किन सक्ने जनाएको छ । विभागका अनुसार यस्ता प्रयोजनका लागि उत्पादन गरिने पदार्थको प्याकेटमा ‘खानाको लागि होइन’ भन्ने उल्लेख गरी कालो क्रस चिह्न स्पष्ट देखिने गरी राख्नुपर्नेछ। साथै, खाद्य…
Read More

सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्ने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले यसका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको बजेटमा धान खरिद गर्ने योजना बनाएको हो । मन्त्रालयले वैज्ञानिक विधिबाट निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने तयारी गरेको जनाएको छ। धान खरिद गर्ने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले कृषि मन्त्री गीता चौधरीले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन् । आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको ३ हजार ६६०…
Read More

सवारी दर्ता र नामसारी गर्न सवारी धनी यातायात कार्यालय जानु नपर्ने

काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने भएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। विभागले असोज २६ गते जारी गरेको सार्वजनिक सूचनामार्फत संशोधित व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ । संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारी साधनको पहिलोपटक नामसारी गर्दा डिलरले गरेको जाँचलाई मान्यता दिइनेछ। यसका लागि सवारी साधन पुनः यातायात…
Read More