खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यस वर्ष ‘सबैका लागि, सबै ठाउँमा, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घका अनुसार शान्ति युद्ध नहुनु मात्र होइन, सुरक्षित, सम्मानजनक र सहकार्यपूर्ण जीवनको आधार पनि हो । यस वर्ष स्थानीय तहमा शान्ति निर्माणमा योगदान गर्ने व्यक्ति तथा समुदायको भूमिकालाई विशेष जोड दिइएको छ । सन् २००१ मा संयुक्त राष्ट्रसङ्घले सेप्टेम्बर २१ लाई हिंसारहित अवस्था र युद्धविरामको अवधिका रूपमा मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा…
Read More

सुनसरीको देवानगन्जमा दुई समूहबीच झडप: एक घाइते, दुई जना पक्राउ

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बिपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझ करिब ५: २५ बजे भएको झडपमा देवानगन्ज गाउँपालिका–१ का २४ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् । उनको पुठ्ठामा चोट लागेको छ र घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय ‘लाली’ भनिने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
Read More

आज विश्व सरसफाइ दिवस

काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर २० मा मनाइने विश्व सरसफाइ दिवस यस वर्ष ‘सफा थालनीदेखि सफा सहरसम्म’ भन्ने नाराका साथ मनाइँदैछ । यस वर्षको अभियानले खाद्य पदार्थको खेरफाल्न रोक्ने, पुनःप्रयोग बढाउने र स्रोतको प्रभावकारी उपयोगमा जोड दिएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको सन् २०२४ को प्रतिवेदनअनुसार सन् २०२२ मा विश्वभर घरपरिवार, खाद्य सेवा र खुद्रा क्षेत्रबाट करिब १ अर्ब ५ करोड टन खाद्य पदार्थ खेर गएको थियो । विश्वमा ठूलो मात्रामा खाद्य पदार्थ खेर फालिँदा एकातर्फ लाखौँ मानिस भोकमरीको सामना गरिरहेका छन् भने अर्कोतर्फ यसले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन, पानी र जमिनजस्ता प्राकृतिक स्रोतमा थप दबाब पारिरहेको छ ।…
Read More

कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन आज सकिदै

काठमाडौं । कांग्रेसको  १५औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सकिदैछ । शनिबारदेखि शुरु भएको वडा अधिवेशन आज देशभर वडामा सकिदैछ । शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया आजदेखि सुरु भएको हो । वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम…
Read More