काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सकिदैछ । शनिबारदेखि शुरु भएको वडा अधिवेशन आज देशभर वडामा सकिदैछ । शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया आजदेखि सुरु भएको हो । वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम…
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताए । उनले भने, ‘यो संविधानले नेपाली जनतासँग विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माण गर्ने बाचा गरेको छ ।’ बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई सरकारका लागि केवल सर्तका रूपमा नभई राष्ट्रिय जीवनका आधारका रूपमा लिनुपर्नेमा प्रधानमन्त्री शाहले जोड…
काठमाडौँ । संविधान दिवस २०८३ को अवसरमा सैनिक मंच टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरीसहितले संस्कृतिक झाँकी र प्रस्तुति दिएका थिए । कार्यक्रमलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरेका थिए ।
काठमाडौँ । संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको ११ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए । सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था…
काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल र इजरायल सरकारबीच भएको सरकार–सरकार सम्झौताअनुसार इजरायलमा हेरचाहसम्बन्धी कामका लागि नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत नेपाल सरकारले सन् २०२४ मा परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षामा सहभागीमध्ये इजरायल जानका लागि भएको चिठ्ठा प्रक्रियामा छनोट हुन नसकेका १५६ जनालाई इजरायल पठाइदिने भन्दै आरोपीहरूले रकम लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भरत चौलागाईं र बालिका सिवाकोटीलगायत व्यक्तिले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी पीडितलाई विश्वासमा पारेका थिए। उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ लिएर इजरायल…