जुम्ला – पेस नेपाल जुम्लाले समुदायको शसक्तिकरणदेखि संस्थागत विकास र दिगो विकासमा उल्लेखीय काम गर्दै आएको छ । जुम्लामा सन् २००६ मा दर्ता भई संचालनमा रहेको गैर नाफा मुलक गैर सरकारी संस्था पेश नेपालले शसक्तिकरणदेखि दिगो विकासमा काम गर्दै आएको हो । कृषि, जलवायु अनुकुलन, खानेपानी, विपद व्यवस्थापन, मर्यादित महिनावारी लगायतका विभिन्न क्षेत्रको विकास गरि समुदायको सशक्तिकरण र दिगो विकासमा जोड दिएको छ । करिब दुई दशक लामो यात्रामा पेश नेपालका विभिन्न परियोजनाहरु जुम्ला सहित मुगु र कालिकोटका ३२ वटा वडाहरुमा काम गर्दै आएको छ । शुक्रबार जिल्ला स्थित संचारकर्मीहरु संगको अन्तरक्रिया गर्दै पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर…

२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले शुक्रबार ‘सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण’ सम्बन्धमा छलफल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग र मालपोत विभागका अधिकारीहरूलाई छलफलमा बोलाएको थियो । तर, मूल विषयमा समिति प्रवेश गर्नै सकेन । कारण– बैठकको सुरुमै सरकारी अधिकारीहरू जमिन वर्गीकरणको यकिन तथ्याङ्क नरहेको भन्दै पन्छिए । ‘जमिन वर्गीकरणको सबै विवरण अहिलेको अवस्थामा दिन सकिँदैन’ भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले भने, ‘यकिन तथ्याङ्क संकलन गर्न खोजिएकै हो । तर अनेक समस्या छन् । व्यवस्थित अभिलेख छैन ।’ बरू देशभर पुनः नापजाँच गर्ने सरकारको चाहना रहेको उनले सुनाए । ‘देशभर पुनः…

जुम्लाकी शारदा पछाईंलाई राष्ट्रिय यूवा संघले केन्द्रीय सचिवमा मनोनित गरेको छ। एमाले निकट संगठन राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय कमिटीको सचिवमा पछाई मनोनित भएकी हुन। लामो समयदेखि युवा आन्दोलन रचनात्मक गतिविधि तथा सामाजिक अभियानताको रुपमा सक्रीय पछाईलाई राष्ट्रिय यूवा संघले केन्द्रीय सचिवको जिम्मेवारी दिएको हो। गहन जिम्मेवारी प्राप्त भएको भन्दै नेतृ पछाईंले यूवालाई मुलधारमा ल्याउन निरन्तर लागिरहने प्रतिक्रिया दिएकी छन ।

जेआर कर्णाली बोडिङ स्कूलको दिक्षान्त समारोह सम्पन्न भएको छ । कर्णाली बोडिङ स्कूलमा अध्ययनरत ९० जना बालबालिका दिक्षित भएका हुन् । यूकेजीबाट एक कक्षामा जाने ९पास भएका० बालबालिकालाई दिक्षित गरिएको कर्णाली बोडिङ स्कूलका सहायक प्रधानाध्यापक अमरनाथ योगीले बताए । उनले भने बालबालिकाको अध्ययनमा हौसला बढाउने र उप्रेरण हुने उद्देश्यले दिक्षान्त समारोहको कार्यक्रम गरिएको हो । यो कार्यक्रम निरन्तर गरिने छ । शैक्षिक सत्र हरेक वर्षको एक पटक दिक्षान्त सरामोह कार्यक्रम गरिने छ । विशेषगरी क्याम्पस स्तरको व्याचुलर मास्टर डिग्री तहमा दिक्षान्त समारोह गर्ने प्राय चलन जस्तो थियो । तर कर्णाली बोडिङ स्कूलले प्रावि तहमा ९यूकेजी–एक कक्षा० पनि बालबालिकाले दिक्षित हुन…

<span;>चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेबि खड्काको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य,वडा अध्यक्ष ,विभिन्न शाखाका प्रमुखहरु,वडा सचिब विभिन्न संघ संस्था ,पत्रकार गरि ३७ जनाको सहभागिता रहेको थियो।बालबालिका महिला र युबा अधिकार का लागि समाबेशी वकालत का अभियानहरु यस परियोजना अन्तर्गतका क्रियाकलाप हरु रहेको परियोजना सम्योजक माया अधिकारीले बताउनु भयो।उहाँको भनाइअनुसार बालबिबाह,बालश्रम ,लागुपदार्थ दुर्ब्यसन छाउपडी प्रथा ,महिला हिंसा न्यूनीकरण ,गुणस्तरीय शिक्षा ,जिबिकोपार्जन लगायतका क्षेत्रमा यश परियोजनाले महत्त्वपूर्ण भुमिका निर्बाह गर्नेछ।घर भित्र का साना साना व्यवहार परिबर्तन गर्दै विभिन्न क्षेत्रमा सुधारिएको समाज बनाउने किसिमका क्रियाकलाप रहेकाले यो परियोजना विशेष रहेको उक्त कार्यक्रमको प्रस्तुतिमा बताइएको थियो।