काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज र भोली वडा अधिवेशन गर्दैछ । शनिबार र आइतबार देशभर वडामा अधिवेशन गर्ने तालिका रहेको छ । वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्ने कार्यतालिका रहेको छ । क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । काँग्रेसले ४६० गाउँपालिकामा ३ हजार २१५, २७६ नगरपालिकामा ३ हजार १२०, ११ उपमहानगरपालिकाका २३४ र ६ महानगरपालिकाका १७४ गरी देशभर ६ हजार ७४३ वडामा अधिवेशन गर्दै छ । विधानअनुसार वडा कार्यसमितिमा ८५ हजार ४३४ जना निर्वाचित हुनेछन् ।…
काठमाडौं । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्दैछ । आज दिउसो २ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ । त्यस्तै, विहान साढे ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन-भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा…
काठमाडौं । समान काम वा समान मूल्यको कामका लागि समान पारिश्रमिकको अधिकारबारे जनचेतना फैलाउने उद्देश्यले आज (सेप्टेम्बर १८) मा अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवस मनाइँदैछ । यस वर्ष महिलाको पारिश्रमिकमा रहेको विश्वव्यापी अन्तरलाई घटाउँदै प्रतिबद्धतालाई व्यवहारमा उतार्ने विषयमा जोड दिइएको छ । विश्वभर महिलाले पुरुषको तुलनामा औसतमा करिब १८ देखि २० प्रतिशत कम पारिश्रमिक पाउने देखिएको छ । यसको असर तत्कालको आम्दानीमा मात्र नभई महिलाको जीवनभरको आय, आर्थिक सुरक्षा, निवृत्तिभरण तथा आगामी पुस्तासम्मको आर्थिक असमानतामा पर्ने गरेको छ । समान पारिश्रमिक सुनिश्चित गर्न पारिश्रमिकमा पारदर्शिता, महिलाको बाहुल्य रहेका कामको उचित मूल्यांकन र न्यायपूर्ण ज्याला संरचना आवश्यक रहेको संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय…
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनप्रति गहिरो चिन्ता व्यक्त गर्दै कांग्रेसलाई एकताबद्ध राख्न सबै नेता–कार्यकर्तासँग अपिल गरेका छन् । उनले खुला पत्र सार्वजनिक गर्दै कांग्रेसको शक्ति विभाजनमा नभई सहमति, सहकार्य र एकतामा रहेको बताएका हुन् । डा. कोइरालाले नेपाल अहिले राष्ट्रिय रूपमा संवेदनशील मोडमा उभिएको उल्लेख गर्दै राजनीतिक दलहरूले समझदारी र सहकार्यबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । राष्ट्रको अस्तित्व, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका बिर्सन नहुने उनको भनाइ छ । उनले कांग्रेसको इतिहास संघर्ष, त्याग र बलिदानले निर्माण भएको स्मरण गराउँदै संस्थापक नेता विपी कोइरालालगायतका नेताले छाडेको निष्ठा, आदर्श र…
काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणमा नेपाललाई आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्न सकिने बताएका छन् । बिहीबार आयोजित विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा उनले राहदानी, परिचयपत्र, राजस्वसम्बन्धी कागजातलगायत सुरक्षण सामग्री स्वदेशमै उत्पादन गर्न सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनुपर्ने बताए । उनले आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड र दक्ष जनशक्ति विकास गर्दै केन्द्रलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा विज्ञहरूले प्रविधि, सुरक्षा प्रणाली, नक्कली कागजात नियन्त्रण, अन्तर्राष्ट्रिय साझेदारी र बजार विस्तारका सम्भावनाबारे अनुभव साझा गरेका थिए । कार्यक्रममा सुरक्षण मुद्रणमा प्रयोग हुने कागज, कार्ड र डिजिटल प्रविधिमा पछिल्लो समय भइरहेको विकासबारे पनि छलफल भएको थियो ।…