काठमाडौं — गत भदौ १० गते नियमित काममै व्यस्त थिएँ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल हेर्नसमेत समय मिलेको थिएन । केही समय फुर्सद भएपछि सामाजिक सञ्जाल हेर्दा नेपालमा आएको भीषण बाढीको खबर देखेँ । सुरुमा त पत्याउनै गाह्रो भयो । लगातार नयाँ–नयाँ भिडियो र तस्बिरहरू सार्वजनिक हुन थालेपछि मनमा अनेक प्रश्न उठ्न थाले—कतै यी दृश्यहरू फेक त होइनन् । जीवनमा त्यस्तो भीषण बाढी न देखेको थिएँ, न त त्यस्ता दृश्यको कल्पना नै गरेको थिएँ । तर बाढीले बस्तीका बस्ती बगाएको खबर विस्तारै आउन थालेपछि मन झनै बेचैन हुन थाल्यो । त्यो बाढी आएको क्षेत्र मेरो जन्मभूमि मात्र थिएन, मेरो बाल्यकाल…
काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले 'बालबालिका सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजै राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि बस्दैछ । आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले 'संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी…
मुगु । गएराती मुगुमा लगातार दुई भूकम्पको झट्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर राति १.५१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुन: ४.२८ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज बिहान ८ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जनाएको छ । छलफलका लागि समितिले कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवलाई बोलाएको समितिले जानकारी दिएको छ ।
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत…