काठमाडौँ । आज ६२औँ राष्ट्रिय बाल दिवस रहेको छ । यस बर्षको बाल दिवसको नारा 'बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी' तय गरिएको छ । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९०…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । पार्टीको २०८३ भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार समिति गठन गरिएको हो। समितिले जनप्रतिनिधिलाई मतदाताले कार्यकाल पूरा हुनुअघि फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्नेछ । समितिको संयोजकमा विपिनकुमार आचार्य रहेका छन्। सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन् । रास्वपाले समितिलाई ‘राइट टु रिकल’ सम्बन्धी विषयमा आवश्यक अध्ययन तथा छलफल गरी पार्टीको धारणा र…
काठमाडौं । आज ६०औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४औँ सत्रमा घोषणा गरेको थियो । सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो । यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई उजागर गर्नु हो । विभिन्न देशहरूमा यो उत्सव मनाइने गरिन्छ ।[नेपालमा भने तत्कालिन राजा वीरेन्द्रले विक्रम सम्वत् २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने…
काठमाडौँ । जेनजी पुस्ताको नेतृत्वमा भएको गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको एक वर्ष पूरा भएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन केही समयमै भ्रष्टाचार, राजनीतिक बेथिति, बेरोजगारी, अवसरको अभाव र राज्यको जवाफदेहिताविरुद्धको व्यापक आक्रोशमा परिणत भएको थियो । आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा कुल ७६ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये ४५ जनालाई सरकारले शहिद घोषणा गरी राज्यका तर्फबाट उनीहरूका परिवारलाई आर्थिक सहयोग र रोजगारी उपलब्ध गराइएको छ । आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको सरकारले भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदासमेत दिएको छ ।…
होटल संघ नेपाल (ज्ब्ल्) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश भट्ट निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन तथा होटल व्यवसायको विकास, प्रवद्र्धन र व्यवसायीको हकहितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भट्टले सुदूरपश्चिमको पर्यटन तथा होटल व्यवसायको समृद्धिका लागि इमानदारी, पारदर्शिता र समन्वयका साथ समर्पित भएर काम गर्ने बताए । प्रदेशमा पर्यटनका प्रशस्त सम्भावना रहेकाले त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले सुदूरपश्चिम महत्वपूर्ण सम्भावना बोकेको प्रदेश भए पनि पर्यटन पूर्वाधार, प्रचार–प्रसार तथा व्यवसायिक…