खोज्नुहोस

खसरैवार

खसरैवार

1056 Posts

राष्ट्र बैंकले २०० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० दिनका लागि २०० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र…
Read More

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधार गर्न विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ । परीक्षा प्रणाली व्यवस्थित बनाउने, पठनपाठन प्रभावकारी बनाउने र उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविका पदाधिकारीबीच छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, शिक्षाध्यक्ष प्राडा अञ्जना सिंह, रजिस्ट्रार सहप्राडा रविन्द्र शिवाकोटीलगायत सहभागी थिए । छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी दिइएको थियो। साथै, क्याम्पसमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने, अनुसन्धानमूलक गतिविधि बढाउने तथा…
Read More

सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार नै उनीहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका थिए ।  
Read More

छठपर्वका व्रतालुले आज ‘नहाय-खाय’ विधि गर्दै

काठमाडौँ । श्रद्धा र निष्ठाको महान पर्व छठअन्तर्गत आज व्रतालुहरूले 'नहाय-खाय' विधि गर्दैछन् । बिहानै नदी, ताल, तलैया वा जलाशयमा गई स्नान गरिने यस विधिलाई स्थानीय भाषामा 'नहाय-खाय' भनिन्छ । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले अनिवार्य रूपमा यो विधि अपनाउने गर्दछन् । पर्वको दोस्रो दिन भोलि शनिबार 'खर्ना' मनाइन्छ । खर्नाका दिन व्रतीहरू दिनभर उपवास बसी राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्छन् र राति 'अरवा-अरबाइन' (नुन नहालेको) खानेकुरा खाने चलन छ । त्यस्तै, षष्ठी तिथिका दिन मुख्य पूजा गरिन्छ। यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्यलाई पायक पर्ने जलाशयमा गई अर्घ्य दिइनेछ । घरघरमा गहुँ र चामलको…
Read More

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज अपराहन्न साढे १२ बजेदेखि हुने खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् । जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने सुदुरपश्चिम रोयल्सले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेको छ । रनरेटका आधारमा सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमको यो लिग चरणको अन्तिम खेल रहेको छ । त्यसैगरी आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । चितवन राइनोजले ५ खेलमा ५ अंक हासिल गरेको छ हाल पाँचौ स्थानमा…
Read More