खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

गगन थापाको प्रधानमन्त्री शाहलाई विज्ञको सुझाव लिएर राष्ट्रसंघमा प्रमाणसहित कुरा राख्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई तयारी गरेर प्रमाणसहित राष्ट्रसंघमा नेपालका कुरा राख्न सुझाव दिएका छन् । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले तयारी गरेर प्रमाणसहित जलवायु न्यायका कुरा राष्ट्रसंघको महासभामा राख्न आग्रह गरेका छन् । सभापति थापाले विगतका सरकारले जलवायु परिवर्तन बारे गरेका निर्णय, अन्तर्राष्ट्रिय मन्चमा राखेका विगतका सरकारले उठाएका विषय, नेपाल र विदेशमा रहेका विषय विज्ञको सुझाव सबै टेबुलमा राखेर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । उनले भनेका छन्- 'भोटेकोशी बाढीको सन्दर्भमा एकदम तथ्य र प्रमाणका साथ जानुपर्छ । हामीले लबी गर्नु पर्ने छ । लबी गर्दै गर्दा संस्थाहरुलाई कम्जोर…
Read More

ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीलाई भेटेका छन् । आइतबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले महर्जनका परिवारसँग समेत भेट गरी हौसला प्रदान गरेका थिए । मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका चिनियाँ नागरिक तथा स्याफ्रुबाट उद्धार गरिएकी एक किशोरीलाई समेत भेटेका थिए । उनका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र पानी तथा लेदोबाट भएका घाउ तथा…
Read More

महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनीमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता जोगाउन आफूहरू अझै अधिकतम लचकताका साथ अघि बढिरहेको बताएका थिए । लेखकले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने बताएका थिए । सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै उनले १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव अघि सारेको बताए । निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न र आफ्नो बहुमत कायम गर्न सक्ने…
Read More

मनास्लु र लार्केपास पदयात्रा तत्काल नगर्न गोरखा प्रशासनको आग्रह

गोरखा । चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा बाढी आएर पुलहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । भदौ २१ गते बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ । प्रशासनले अर्को सूचना जारी नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा यात्राको तयारीमा रहेका वा यात्रामा रहेका पदयात्रीलाई पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ । विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा स्थानीय तहलाई जानकारी गराउन प्रशासनले अनुरोध गरेको…
Read More

काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको रात्रिकालीन सार्वजनिक यातायात विस्तारका लागि हाल सञ्चालनमा रहेका ७ बसलाई बढाएर २८ पुर्‍याउने प्रस्ताव गरेको छ । रात्रिकालीन यातायातको प्रभाव अध्ययन गर्न गठित कार्यदलले ६ वटा नयाँ रुट थप्न सिफारिस गरेको हो । हाल नागढुङ्गा–विमानस्थल र लगनखेल–बुढानीलकण्ठ गरी दुई रुटमा सेवा सञ्चालन भइरहेको छ। प्रस्तावित नयाँ रुटमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायु सेवासम्मका रुट रहेका छन्। यी रुटले प्रमुख अस्पताल, व्यापारिक केन्द्र र उपत्यकाका मुख्य नाकालाई जोड्नेछन् । वैशाखदेखि असारसम्म ६ हजार ९५२ यात्रुले रात्रिकालीन सेवा लिएका थिए । एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्दा ३ हजार १३४ रुपैयाँ आम्दानी गरेकोमा…
Read More