काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो ३ बजेसम्म ७ सय ८८ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ५८ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिम १२० जना गरी ७८८ जनाको शव फेला परेको हो । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले कोषमा एक करोड सहयोग गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गरेका छन् । काँग्रेस विपदमा राहत र उद्धारका लागि पार्टीका प्रशिक्षित कार्यकर्ताका साथै भातृ संगठनलाई पनि खटाएको उनले जानकारी दिए । यसअघि आजै सभापति गगन थापाले बढीपछि अहिलेसम्म पार्टीले गरेका काम र प्रभावित जिल्लाको अवस्था बारे सम्बन्धित जिल्लाका नेताहरुसँग छलफल गरेका…
काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका र आसपासका जिल्लामा एलपी ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाएको जनाएको छ । निगमले ग्यास उद्योगीसँग छलफल गरी काठमाडौँ तथा आसपासका जिल्लामा ग्यास बिक्री वितरण गर्ने उद्योगलाई बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य पायक पर्ने जिल्लाका ग्यास उद्योगसँग समन्वय गर्न भनेको छ । ती उद्योगमा आफ्ना ग्यास बोकेका ट्याङ्कर खाली गरी सिलिन्डर भरेर कृष्णभीरको सडक नखुलेसम्म ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा आपूर्ति गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । त्यसैगरी…
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे बाढी पूर्वानुमान महाशाखाले तयार पारेको प्राविधिक प्रतिवेदनले बाढीको तीव्रता, फैलावट, नदी प्रणालीमा थपिएको पानीको मात्रा र पूर्वसूचना प्रणालीको प्रभावबारे महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशीमा प्रवेश गरेको बाढी करिब साढे ६ घण्टामा रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनको देवघाटसम्म पुगेको थियो । यस क्रममा भोटेकोशीको बाढी त्रिशूली हुँदै नारायणी नदी प्रणालीमा मिसिएको थियो । सरकारी प्राविधिक विश्लेषणले यो घटनालाई केवल भोटेकोशीमा आएको स्थानीय बाढीका रूपमा नभई नदीको माथिल्लो क्षेत्रमा अचानक ठूलो परिमाणमा पानी थपिँदा क्रमशः तल्लो तटीय क्षेत्रमा सर्दै गएको बहुप्रभावी बाढीका रूपमा देखाएको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक शुरु भएको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बैठक केहीबेरअघि शुरु भएको हो । बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ । बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु उपस्थित रहेका छन् ।