खोज्नुहोस

Advertisement
खसरैवार

खसरैवार

51 Posts
सांसद विनिता कठायतको प्रश्‍न : डायलाइसिसका लागि आठ महिना कहिलेसम्म कुर्ने ?

सांसद विनिता कठायतको प्रश्‍न : डायलाइसिसका लागि आठ महिना कहिलेसम्म कुर्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकारलाई डाक्टरको दरबन्दी थप्ने कुरामा गम्भीर हुनुपर्ने बताएकी छिन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले जुम्लाबाट २१ वर्षीया बहिनीले आफूलाई फोन गरेर डायलाइसिस गर्न आठ महिना कुर्नुपर्ने भएको बताएपछि कठायतले सदनमा त्यस्तो जिकिर गरेकी हुन् । उनले सभामुख मार्फत् प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन् ,‘ के तपाईंहरू आफू वा आफ्नो परिवारलाई डायलाइसिसलाई आठ महिना कुर्न भन्नुहुन्छ ? मैले ती बहिनीलाई के जवाफ दिऊँ ? उनले भनिन्, ‘डाक्टरहरूको दरबन्दी के फजुल खर्च हो ? अर्थमन्त्रीले जवाफ दिनु प¥यो ।’
Read More

स्वतन्त्र संसद देवेन्द्र शाहीकाे चुनाव खर्च १० लाख २८ हजार

प्रदेश सभा सदस्य देवेन्द्र शाहीले आफ्नाे निर्वाचन खर्च सार्वजनिक गरेका छन् । उनले २०७९ मंसिर ४ गते भएकाे प्रदेश सभा सदस्य निर्वाचनमा आफुले विभिन्न शिर्षकमा गरि १० लाख २८ हजार खर्च गरेकाे विवरण सार्वजनिक गरेका हुन् । निर्वाचन खर्चमा उनले मतदाता नामावली खरिद देखि प्रचनर प्रसार सामाग्री, सवारि साधन भाडा, ईन्धन खर्च, गाेष्ठी अन्तरक्रिया र कार्यालय संचालन सम्मकाे खर्च सार्वजनिक गरेका हुन् । उनले निर्वाचन आयाेगमा बुझाएकाे खर्च विवरण सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरेका हुन् । उनि स्वतन्त्रबाट कर्णाली प्रदेश सभा सदस्यमा विजयी भएका थिए । ढ
Read More
नेविसंघ द्धारा बृक्षारोपण

नेविसंघ द्धारा बृक्षारोपण

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर नेविसंघ जुम्लाले बृक्षारोपण गरेको छ । चन्दननाथ नगरपालिका ५ मा रहेको चन्दननाथ मन्दिर पार्कमा बृक्षारोपण गरिएको हो । चन्दननाथ मन्दिरमा परिसरमा नयाँ निमार्ण भएकाे  पार्कमा बृक्षारोपण पनि आवश्यक भएको हुदा विद्यार्थीहरुले पार्कमा बृक्षारोपण गरेको नेपाल विद्यार्थी संघ जुम्लाका सभापति महेश हमालले वताए । विद्यार्थी संघको स्थापना दिवसको अवसरमा रुख रोपेका छौ यसले पार्कको सुन्दरता संगै वातावरणमा समेत सघाउ पुर्याउने भएकाले बृक्षारोपण गरिएको हो । विद्यार्थीले गरेको बृक्षारोपणमा डिभिजन वन कार्यालयका यमराज कार्की विद्यार्थी नेताहरु निराजन उपाध्याय, महेन्द्र कार्की लगायतले  बृक्षारोपण गरेका छन् । (more…)
Read More
कर्णालीका हरेक विमानस्थलमा इन्धन रिफियूल सेन्टर राखिनु पर्छ : संसद विनिता कठायत

कर्णालीका हरेक विमानस्थलमा इन्धन रिफियूल सेन्टर राखिनु पर्छ : संसद विनिता कठायत

शुक्रवार संसद वैठकको शुन्य समयमा वोल्दै संसद विनिता कठायतले काठण्माडौ संघ कर्णाली सिधै जोडिनुपर्ने वताइन् । कर्णालीबासीको पैसा मात्रै होइन समय पनि खेरै गैरहेको छ उनले भनिन् कर्णालीका हरके विमानस्थलमा नेपालको राजधानी काठमाण्डौ संग सिधा जोडिनको लागि इन्धन रिफियूल सेन्टर स्थापन गर्न सरकार संग माग राखेकि छन् । नेपाल एयरलाइन्सले अनलाइन टिकट गरेपनि त्यसको प्रभावकारिता नभएको संसद कठायतले वताइन् । एयरलाइन्सको अनलाइन टिकट गरेपनि अधिकाशं कर्णाली बासीलाई थाहा छैन थाहा पनि कसरी होस कहिले नड्ने जहाजको अनलाइन टिकट गरिनु अर्थ छैन उनले भनिन्, नेपाल एयरलाइन्सले कर्णालीमा हप्तामा ४ दिन फ्लाइट गर्नु पर्छ त्यस तर्फ सम्बन्धित निकायको ध्यान जावस ।
Read More
जुम्लाका गोविन्द पाण्डेलाई लोकसंस्कृति पुरस्कार

जुम्लाका गोविन्द पाण्डेलाई लोकसंस्कृति पुरस्कार

कैलाली जनपुस्तकालय धनगढीले २०७९ को हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार तातोपानी गाऊपालिका गिडीखोला जुम्लामा जन्म भई हाल चन्दननाथ टोल धम्बोजी नेपालगञ्जमा बसोवास गर्ने लेखक तथा लोकसाहित्य अनुसन्धाता गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा प्रदान गरिनेछ । लेखक पाण्डे विगत दुई दशक देखि काली कर्णाली क्षेत्रको लोक साहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशन क्षेत्रमा सकृयता पूर्वक निरन्तर लाग्नु भएको छ । निजले बि.सं. २०६० सालमा काली कर्णालीका जाजरकोट देखि दार्चुला सम्मका जिल्लाहरुमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न ब्यक्ति तथा संस्थाको…
Read More
error: Content is protected !!