खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने

काठमाडौं । चलचित्र ‘गौँथली’ निर्माण टिमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिनेमा हेर्ने अफर ल्याएको छ । २६ अगस्ट (भदौ १०) देखि ६ सेप्टेम्बर (भदौ २१) गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने छन् । तर, यसका लागि खल्ती एपबाट यो टिकट काट्नु पर्नेछ । खल्तीमा आफूले काटेको पैसा फिर्ता आउनेछ । 'पैसा रिफन्डका लागि नागरिकता र तस्बिर भने पठाउनु पर्नेछ,' ‘गौँथली’ निर्देशक डा. कपिल रिजालले भने । 'खल्तीमार्फत गरिएको टिकट खरिदको कारोबार (ट्रान्जेक्सन) को स्क्रिनसट पेस गरिएको हुनुपर्ने । ‘गौँथली’को तस्बिर/पोस्टर पृष्ठभूमिमा रहने गरी खिचिएको प्रयोगकर्ताको फोटो पेस गरिएको हुनुपर्नेछ,' निर्देशक रिजालले भने, 'खरिदको कुल टिकट मूल्य बराबरको रकम…
Read More

विपक्षी दलको बहिष्कारका बिच बागमती प्रदेश सभाको बैठक शुरु

हेटौडा । नेपाली काँग्रेससहितका दलले बागमती प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् । केहीबेर अघि शुरु भएको प्रदेश सभा बैठक नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसदहरूले बहिष्कार गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने कार्यसूची अनुसार शुरु भएको बैठक विपक्षी दल बिना नै शुरु भएको छ । एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमती प्रदेश सरकार गठन भएको छ । काँग्रेससहितका दलहरुले मुख्यमन्त्री नियुक्तिको विषय अदालतमा पुगेकाले अदालतबाट विवाद टुंगो नलागेसम्म प्रदेश सभा स्थगित गर्नुपर्ने माग राखेका थिए । तर सत्तापक्षले विपक्षी दल बिना नै प्रदेश सभा संचालन गरेका छन्…
Read More

आज दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष अगस्ट २३ मा दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । दास व्यापारका कारण मानव समाजले भोग्नुपरेको पीडा र त्यसविरुद्ध भएका संघर्षलाई स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । सन् १७९१ अगस्ट २२ देखि २३ सम्मको रात हालको हाइटी गणतन्त्रमा पर्ने सेन्ट डोमिङ्गोमा भएको विद्रोहको सुरुवातले अन्तरमहादेशीय दास व्यापार अन्त्य गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो । यही ऐतिहासिक घटनाको स्मरणमा दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यो दिवस पहिलोपटक विभिन्न देशमा मनाइएको थियो । हाइटीमा सन् १९९८ अगस्ट २३ मा तथा सेनेगलको गोरे टापुमा सन् १९९९ अगस्ट…
Read More

गरिमाका अभिभावकसँग सरकारको तीन बुँदे प्रतिबद्धता

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीन बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो । सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ ।…
Read More

सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो- गृहमन्त्री गुरुङ

काठमाडौँ । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गृहमन्त्री सुदन गुरुङले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको बताएका छन् । गृहमन्त्री गुरुङले घटनाले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गर्दै एउटी सानी बालिकामाथि भएको अपराध एउटा परिवारको मात्र नभई सम्पूर्ण समाजको पीडा भएको बताएका छन् । आमाहरू, महिला तथा नागरिकमा देखिएको आक्रोश आफूले पूर्ण रूपमा महसुस गरेको उनको भनाइ छ । उनले सरकार घटनाको पहिलो दिनदेखि नै मौन वा निष्क्रिय नरहेको स्पष्ट पारेका छन् । घटनालाई अत्यन्त संवेदनशील रूपमा लिएर कुनै पनि बाधा वा त्रुटि नहोस् भन्नेमा सचेत हुँदै अनुसन्धान अघि बढाइएको उनले बताएका…
Read More