खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

सरकारले ल्यायो सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न आज पत्राचार गरिएको छ । कार्ययोजनाअनुसार सरकारले अतिरिक्त बजेट वा ठूला भौतिक संरचना निर्माणबिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनःव्यवस्थित गरी आगामी ३० दिनभित्र सुधारको परिणाम नागरिकमाझ पुर्याउने लक्ष्य राखेको कार्यालयले उल्लेख गरेको छ । यसका लागि पहिलो ३ दिनभित्र सरकारी कार्यालयहरूले मुख्य १० सेवा समस्याका साथै भिड हुने समय र…
Read More

पेटभित्र सुन लुकाएर ल्याउने बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ । पेटभित्र सुन लुकाएर नेपाल आएका एक बंगलादेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । दुबईबाट फ्लाई दुबईको उडानमार्फत साउन ३१ गते बिहान १०: ३० बजे काठमाडौँ आएका ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दरलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेर नियन्त्रणमा लिएका थिए । सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन पेटभित्र लुकाएर ल्याएको स्वीकार गरेका थिए । त्यसपछि उनको काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा एक्सरे गर्दा पेटभित्र शंकास्पद धातु देखिएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु बाहिर ननिस्किएपछि पेटमै अड्किएर बसेको पाइएको थियो । उनको स्वास्थ्यमा…
Read More

सार्वजनिक नीति निर्माणलाई प्रमाणमा आधारित बनाउन नीति अनुसन्धान प्रतिष्ठानको सक्रियता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको नीति अनुसन्धान प्रतिष्ठानले नेपालको सार्वजनिक नीति निर्माण प्रक्रियालाई तथ्यपरक र प्रमाणमा आधारित बनाउने दिशामा आफ्नो सक्रियतालाई तीव्रता दिएको छ । प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरणअनुसार त्यहाँ तयार भएका ८ वटा प्रतिवेदनहरूलाई विज्ञ तथा आन्तरिक समीक्षाका लागि पठाइएका छन् । ‘विद्यालयको पाठ्यक्रममा लैङ्गिक सवाल र घरेलु हिंसा, कसुर तथा सजाय’, ‘नेपालमा विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता अभिवृद्धि र व्यवस्थापन प्रणालीको सुदृढीकरण : एक रणनीतिक अध्ययन’लाई प्रतिष्ठानको प्रकाशन पुनरावलोकन तथा सिफारिस समितिमा आन्तरिक समीक्षाका लागि तथा ‘पिछडिएको वर्गको पहिचानका आधारहरू निर्धारण सम्बन्धी…
Read More
झापामा पत्रकार शाहीलाई पाथीभरा साहित्य पत्रकारिता साधना सम्मान प्रदान गरिदै

झापामा पत्रकार शाहीलाई पाथीभरा साहित्य पत्रकारिता साधना सम्मान प्रदान गरिदै

मुगु —हिमाली मुगु जिल्लाका बरिष्ठ  पत्रकार एवम साहित्य प्रेमी तथा  क्याराभान खबर डट कमको संस्थापक अध्यक्ष राजबहादुर शाहीलाई पाथीभरा साहित्य पत्रकारिता साधना सम्मान २०८३ प्रदान गरिने भएको छ । झापा स्थित पाथीभरा अनलाइन टेलिभिजनद्धारा आयोजित  भोली शनिबार झापामा साहित्य पत्रकारिता साधन सम्मेलन २०८३ को भब्य कार्यक्रम  माझ  शाहीलाई साधना सम्मान  प्रदान गरिने लागिएको छ । सम्मान ग्रहण गर्न उहालाई आमन्त्रण पत्र पठाइसकेको उनको भनाई छ । उक्त सम्मान ग्रहण गर्न शाही शुक्रबार झापा जादै हुनुहुन्छ । बिगत तीन दशक देखि कर्णाली प्रदेशको हिमाली जिल्ला मुगु रहि ग्रामिण पत्रकारिता तथा साहित्य क्षेत्रमा बिशेष योगदान पुरयाए बाफत शाहीलाई    पाथीभरा साहित्य पत्रकारिता साधना…
Read More

मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरूः १- सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ स्वीकृत गर्ने। २- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने नेपाली रुपियाँ करिब २ अर्ब ७३ करोड अनुदान सहायता स्वीकार गर्ने । ३- २०८३ भदौ ४ र ५ गते भारतमा आयोजना हुने ज्वाइन्ट वार्किंग ग्रुप अन बर्डर म्यानेजमेन्टको १४औं बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने। ४-…
Read More