खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
विश्व फोटोग्राफी दिवस र नेपालको फोटोग्राफी यात्रा

विश्व फोटोग्राफी दिवस र नेपालको फोटोग्राफी यात्रा

भरतबन्धु थापा आज विश्व फोटोग्राफी दिवस । विश्वभर फोटो प्रति रुचि तथा कर्म गर्नेहरुले उत्साहका साथ दिवस मनाई रहेका छन् । प्रत्येक बर्ष अगस्ट १९ का दिनमा विश्व फोटोग्राफी दिवस मनाइने गररिन्छ । यो दिन केवल क्यामेरा र तस्बिरको उत्सवको समय मात्र होइन । समय, समाज, इतिहास, संस्कृति र मानवीय भावनालाई एउटा फ्रेममा सुरक्षित राख्ने कलाको सम्मान गर्ने दिन पनि हो । सन् १८३९ अगस्ट १९ मा फ्रान्सेली सरकारले लुइस ड्याग्युरले विकास गरेको ड्याग्युरोटाइप प्रक्रियालाई सार्वजनिक गर्दै संसारका लागि उपलब्ध गराएको घटनाको स्मरणमा यो दिवस मनाउने गरिन्छ । समयको क्रम र फोटोग्राफीको विकाससँगै संसारलाई हेर्ने र बुझ्ने हाम्रो दृष्टिकोण पनि…
Read More

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा बस्नेत र उपाध्यक्षमा महोत्रा नियुक्त

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा.सुधा बस्नेत र उपाध्यक्षमा डा.नारायणबहादुर महोत्रा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष,उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । त्यस्तै परिषद्को सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिसकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा.सुधा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन् । त्यस्तै, नवनियुक्त उपाध्यक्ष डा.नारायणबहादुर महोत्रा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुन् ।  
Read More

भारतका सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिदै

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । आइतबार काठमाडौँ आइपुगेका सेठलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । सेठले नेपाल भ्रमणका क्रममा प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । त्यस्तै उनले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने बताइएको छ । नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने…
Read More

थारु समुदायले आज गुरिया पर्व मनाउदै

काठमाडौँ । आज थारु समुदायले गुरिया (गुरही) पर्व मनाउदैछन् । थारु समुदायमा गुरिया वा गुरही पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीकै दिन हर्षोल्लासका साथ मनाइन्छ । विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरजस्ता पश्चिम नेपालका थारु बाहुल्य क्षेत्रमा यसलाई गाउँको सुरक्षा, रोगव्याधी नलागोस् भन्ने कामना र दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीकका रूपमा मनाइन्छ । गुरही पर्व मुख्य रूपमा बालबालिकासँग जोडिएको पर्व हो । यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सद्भावलाई उजागर गर्छ । पर्वका अवसरमा दिदीबहिनीले गुरिया फाल्ने र दाजुभाइले त्यसलाई लट्ठीले पिट्ने परम्परा छ । यस क्रममा बालबालिका रमाउँदै पर्व मनाउँछन् । गुरियालाई नराम्रा…
Read More

आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?

जुम्ला। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि…
Read More