काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । आज बिहान साढे ८ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगसँग आव २०८२/८३ मा राष्ट्रिय योजना आयोगबाट भएगरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, १६औं आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको कार्यप्रगतिको अवस्था बारे छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ । त्यसैगरी आज दिउसो १ बजे…
काठमाडौं । आज आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागेपछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए । सरल नेपाली भाषामा लेखिएको भगवान रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो…
काठमाडौँ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा परिवार र पिडित पक्ष र सरकारबीच ९ बुँदे सहमति भएको छ । सरकारको तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा परिवारका तर्फबाट मृतक नेपालीकी पत्नीसहितबीच सहमति भएको हो । सहमतिका बुँदाहरू: १- यस घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानविन समिति गठन गर्नेछ । उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ। २- स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानविन समितिको प्रतिवेदन र सिफारिसका…
काठमाडौँ । विश्वभर बढ्दो द्वन्द्व, सामाजिक विभाजन, आर्थिक असमानता र वातावरणीय चुनौतीबीच मानवतालाई एकताबद्ध बनाउने साझा मूल्यको खोजी भइरहेका बेला हरेक वर्ष जुलाई १२ लाई अन्तर्राष्ट्रिय आशा दिवसका रूपमा मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले आशालाई व्यक्ति, समुदाय र राष्ट्रका लागि मार्गदर्शक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यले यो दिवस घोषणा गरेको हो । यस दिवसले कठिन परिस्थितिमा पनि सकारात्मक सोच, सहकार्य र शान्तिपूर्ण भविष्यप्रतिको विश्वासलाई बलियो बनाउन प्रेरित गर्छ । यो दिवस संयुक्त राष्ट्रसंघको बडापत्र तथा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा उल्लेख गरिएका शान्ति, मानव मर्यादा, सहिष्णुता र साझा समृद्धिका मूल्यमान्यतामा आधारित छ। यसले यसअघि मनाउन थालिएको अन्तर्राष्ट्रिय विवेक दिवस जस्ता पहललाई निरन्तरता…
काठमाडौँ । देशभर असार २६ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ४५.८१ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा भने ५९.२८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो । यसले यस वर्ष धान रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ६ लाख २७ हजार ५६६ हेक्टरमा धान रोपाइँ भएको छ । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा ६५.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि लुम्बिनीमा ५९.६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत क्षेत्रमा, बागमतीमा…